सागर गैरेको दोस्रो कृति ‘बलैगाउँदेखि बाकुसम्म’ विमोचित
Sunday, January 9th, 2022, 8:44 am
Kalpristha
अघिल्लो वर्ष ‘लकडाउन’ निबन्ध कृति लिएर कृतिकारमारुपमा पदार्पण गरेका कोहलपुरका साहित्यकार सागर गैरे यसवर्ष ॅबलैगाउँदेखि बाकुसम्म’ नियात्रा कृति लिएर आएका छन् । बाल्यकालमा यात्रा गरेको भारतको सीमावर्ती बजार बलैगाउँदेखि अजरबैजानको बाकुसम्मका १३ वटा स्थानमा गरिएका यात्रामा आधारित नियात्रा संग्रहमा संग्रहित छन् ।

वरिष्ठ कथाकार सनत रेग्मी
पूणर्ीमा साहित्य प्रतिष्ठानले कोहलपुरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मीले कृतिको विमोचन गरे । रेग्मीले नियत्रामा सागर गैरे ठूलो संभावना बोकेर आएको धारणा राखे । उनले गैरेका नियात्राले पाठकलाई पाठकलाई पनि आफू यात्रारत रहेको महसुस गराउने बताउँदै आत्मपरकतामा पनि गैरेको प्रयास सह्राहनीय रहेको बताए । उनले नियात्रामा कतिपय अवस्थामा यात्रावणर्न मात्रै हुने खतरा रहने गरेकोमा गैरे त्यसबाट माथि उठेर निबन्धात्मकतामा धाँधिन सफल भएको बताए ।
रेग्मीले ‘लकडाउन’ भन्दा ‘बलैगाउँदेखि बाकुसम्म’ नियात्रा कृति खारिएर आएको प्रतिक्रिया दिए ।
कृति विमोचनसँगै पुस्तक परिचर्चा गरिएको कार्यक्रममा कृतिकारसँगै समालोचक हरि सुवेदीलाई कथाकार सुमित्रा न्यौपानेले प्रश्न गरिन् । कृतिकार गैरेले नियात्रा आफूले देखे सुनेका कुरालाई अरुसमक्ष ल्याउने हुटहुटीले आएको बताए ।
समालोचक हरि सुवेदीले कृतिको सैद्धान्तिक र दार्शनिक दृष्टिकोणबाट समीक्षा गर्दै नियात्रामा गैरे आफ्नोपन लिएर आएको दाबी गरे । उनले यात्राको आ-आफ्नै खोजीको विषय हुने बताउँदै गैरेले आफ्नै दर्शनमा यात्रालाई नियात्रामा बदलेको बताए । नियात्राहरु वस्तुपरक र आत्मपरक शैलीको संयोजनमा रहेकोले नियात्राको सिद्धान्तका हिसाबले पनि अब्बल रहेको बताए ।

विमोचन कार्यक्रम
उनले सूचना प्रविधिको विकासले पुस्तक पढ्ने बानी हराउँदै गएको चिन्ता व्यक्त गर्दै पाठकहरुको पुस्तक पढ्न रुची बनाउने खालका कृतिहरु निकाल्न जरुरी रहेको उल्लेख गरे ।
हाम्रो पूणर्िमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानका अध्यक्षतामा सम्पन्न कार्यक्रम बाँके बर्दियाका ४ दर्जनबढी साहित्यकार एवं साहित्यअनुरागीहरु सहभागी थिए ।