निजामति कर्मचारी युनियन बाँकेमा श्रेष्ठ निर्वाचित
Sunday, January 9th, 2022, 12:03 pm
Kalpristha
नेपाल निजामति कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धवप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचन निर्वाचन परिणाम अनुसार श्रेष्ठले २ सय ६ र उनका निकटतम प्रतिस्प्रर्धी कृष्णप्रसाद उपाध्यायले एक सय ३९ मत ल्याएको निर्वाचन अधिकृत एवम् अधिवक्ता प्रभाकर भट्टराईले जानकारी दिए ।
निर्वाचनबाट एक जना सदस्यबाहेक सबै श्रेष्ठको प्यानल निर्वाचित भएका छन् । उपाध्यक्ष (खुल्ला) मा वेदेश्वर गौतम, उपाध्यक्ष (समावेशी) मा सुरेन्द्रकुमार गुप्ता, सचिवमा पवन बुढा, कोषाध्यक्षमा श्यामबहादुर शाही निर्वाचित भए ।
यसैगरी चार जना निर्वाचित हुने सदस्य (खुल्लामा) दिपकुमार मल्ल, पवनराज भट्ट, प्रकाश पाण्डे र भिवबहादुर ठाडामगर निर्वाचित भए । सदस्य समावेशीमा गोकुल चिडिमार र रामकिशुन थारु निर्वाचित भए भने महाधिवेशन प्रतिनिधी (खुल्ला) मा नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की र राजेशकुमार सेन निर्वाचित भएका छन् ।
युनियनको जिल्ला उपाध्यक्ष (महिला)मा दुर्गादेवी गौतम, सह-सचिव (युवा)मा काशिराम रिजाल, सदस्य (महिला)मा कल्पना दुलाल र गिता शाही निर्विरोध निर्वाचित भएका थिए । महाधिवेशन प्रतिनिधी (महिला)मा लक्ष्मी केसी तथा महाधिवेशन प्रतिनिधी (समावेशी)मा जयन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।