लगनशिल छाँयाकार पाण्डे
Sunday, January 9th, 2022, 5:48 pm
Kalpristha
नेपाली कला र मनोरञ्जन क्षेत्रका आ–आफ्नै आयामहरु छन् । रंगकर्मका यी आयामभित्र अनेकौ व्यक्तिहरुले आफूलाई समर्पित गरेका हुन्छन् । तीनै समर्पित व्यक्तिहरु मध्येका एक सु परिचत नाम हो तारा प्रसाद पाण्डे ।
रंगकर्मको एक कुशल प्रविधिकर्मीको रुपमा ख्याती कमाउनु भएका पाण्डेले दर्जनौ म्यूजिक भिडियो, वृत्तचित्र, टेलिविज्ञापन तथा टेलिसिरयिलहरुमा आफ्नो प्रतिभाको उजागर गरिसकेका छन् ।
नेपालगन्जमा स्थायी घर रहेको पाण्डेले विगतदेखि वर्तमानसम्म अनवरत रुपमा छाँयाकारको हैसियतमा आफूलाई छायाकित गरिरहेका छन् ।
आफ्नो कर्म र पेशाप्रति उच्च लगनशिल रहेर छाँयाकारहरु माझ विशेषरुपमा आफूलाई स्थापित गराउन सफल पाण्डेले विभिन्न विषय र क्षेत्रसँग पनि आवद्ध रहि छाँयाकनको कार्यलाई कुशलतापूर्वक निर्वाह गरिरहेका छन् ।
सामान्य जिवनशैली तर आफ्नो काम प्रतिको लगन, मिहिनेत र निस्वार्थ भावना उनको विशेष गुण हो । आफ्नो कलात्मक क्षमता दर्शक सामु देखाइ सकेका पाण्डेले यहि कर्मको सेरोफेरोभित्र आफ्नो उज्ज्वल भविष्यको रेखा कोरिरहेका छन् ।

छाँयाकार पाण्ड
आफ्नो काम प्रतिको विश्वास र कामलाई नै उच्च प्राथामिकतामा राखेर अगाडि बढ्ने क्रममा छाँयाकार पाण्डे लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको पूर्वाधार विकास सम्बन्धि एकमात्र टेलिभिजन कार्यक्रम ‘विकास र बहस’मा पनि आवद्ध रहि कार्य गर्दै आइरहेका छन् ।
नेपाल सरकारको भौतिक पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयहरुमा निहित रहि विकास निर्माणका कुराहरुको पृष्ठपोषण गरिने कार्यक्रम ‘विकास र बहस’मा काम गर्दा आफूलाई विशेष रमाइलोको अनुभुति हुने पाण्डे बताउँछन् ।
आफ्नो कार्यकौशलता र कर्म प्रतिको निष्ठालाई सफलतापूर्वक दर्शक सामु पस्किरहेका पाण्डेले जीवनका तिता मिठा अनुभवलाई नयाँ सृजना र सोचका साथ आफ्नो कर्ममा अगाडि बढाउँदै जाँदा विभिन्न पुरस्कार, प्रमाणपत्र र सम्मानपत्रहरुले पनि सु शोभित भइसकेका छन् ।
नेपाली रंगमञ्चको सुनौलो इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाइसकेका पाण्डेले आफूलाई सफल प्रमाणीत गराउनुको कारण कार्यक्रम ‘विकास र बहस’मा उनको आवद्धता पनि हो .
समग्रमा उनको व्यक्तित्व, पेसा र कर्म अनि लगनशिलता मिहिनेत र काम प्रतिको उच्च सम्मानले उनलाई धेरैभन्दा धेरै प्रगतिको शुभकामना ।