विद्यालय बन्द गर्न मन्त्रालयको निर्णय
Monday, January 10th, 2022, 6:15 pm
Kalpristha
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघको १५ गतेसम्म विद्यालय बिन्द गर्न निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र(सिसिएमसि)को सिफारिस पश्चात मन्त्रालयले विद्यालय विदा दिन सूचना जारी गरेको हो ।
सिसिएपसिले गत आइतबार मन्त्रालयलाई माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । सोही अनुरुप सोमबार मन्त्रालयले देशव्यापी रुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आठवटा निर्णयमा सूचना प्रवाह गरेको छ । जसमा विद्यालयहरुले वार्षिक विदामा मिलान हुनेगरी पुस २७ गतेदेखि माघ १५ गतेसम्म विदा दिने, विद्यालयले स्थानीय तहमा रहेका स्वास्थ्यचौकीसँग सम्पर्क गरेर १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई नछुट्ने गरी खोप लगाउन समन्वय गर्ने, १८ वर्षमाथिका सम्पूर्ण विद्यार्थी, शिक्षक, विद्यालयका कर्मचारी तथा अभिभावकहरुले खोपको लागि स्थास्थ्यचौकीमा सम्पर्क गर्ने ।
त्यस्तै माघ ७ गतेदेखि शिक्षण संस्थामा प्रवेश गर्ने सबैले खोपकार्ड अनिवार्यरुपमा साथमा राख्ने, शिक्षण संस्थाले अर्को सूचना जारी नभएसम्म अभिभावक दिवस वा वार्षिक उत्स्व जस्ता सार्वजनिक कार्यक्रम आयोजना नगर्नेलगायतका विषयमा निर्णय गरेछ ।