प्रदेशस्तरीय प्रदर्शनी सम्पन्न
Monday, January 10th, 2022, 7:01 pm
Kalpristha
महिला उद्यमीहरुद्वारा उत्पदित लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीउक्त प्रदर्शनी सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल(विन)बाँकेको आयोजनामा संचालन भएको । पुस २२ गतेबाट सुरु भएको प्रदर्शनी पाँच दिन चलेर सोमबार फिलतापूर्वक सम्पन्न भएको आयोजक महिला उद्यमी संघ (विन) बाँकेले जाएको छ । विन बाँकेकी अध्यक्ष निरुपमा रस्तोगीको अध्यक्षता, विन लुम्बिनी प्रदेशका संयोजक सरस्वती शर्माको प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य कृष्णा केसी नमुना र नेपालगन्ज उप-महागरपालिकाका उपमेयर उमा थापामगरको विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका महिला उद्यमीहरुको सहभागिता रहेको प्रदर्शनी आफूहरुले सोचेभन्दा राम्रो विनकी प्रदेश संयोजक शर्माले बताइन् । शर्माले भनिन्, ‘हामीले सुरुमा ५० वटामात्र स्टल राख्ने भनेका थियौँ । तर करिब ६४ वटा पुगेछन् । सबैको व्यापार पनि राम्रो भएको छ ।’
समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य नमुनाले प्रदर्शनीले महिलाहरुको प्रतिभा र क्षमतालाई सबैसामू छर्लंग पारेको बताइन् । उनले यस्ता प्रदर्शनीको निरन्तरता आवश्यक भएकोमा जोड दिइन् । नेपालगन्ज उप-महागरपालिकाका उपमेयर थापामगरले उपमहानगरले कोसेली घर स्थापनादेखि महिला उद्यमी संघको संस्थागत विकासमा गरेको सहयोग स्मरण गराइन् । उनले महिलाहरुको आर्थिक सबलीकरणका लागि आफ्नो सधैं तत्परता रहने बताइन् ।
आगामी वर्षमा पनि प्रदर्शनीलाई निरन्तरता दिइने विन बाँकेले जनाएको छ ।