बढैंयाताल फार्मले जित्यो महिन्द्राको बम्पर पुरस्कार
Monday, January 17th, 2022, 4:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ माघ
नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेरेटेडले आयोजना बम्पर पुरस्कार ‘महिन्द्रा उत्सव अफर’ नेपालगन्जको बढैंयाताल पशुपंक्षी तथा यग्रो फार्मले जितेको छ ।
महिन्द्रा ट्रयाक्टर खरीद गर्ने ग्राहकहरूका लागि दशैँ, तिहार, छठ र विश्वकर्मा पूजाको शुभ अवसरमा संचालन गरिएको उक्त पुरस्कारअन्तर्गत बढैंयाताल फार्मले बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल ५ केभिए डिजी प्राप्त गरेको हो ।
आयोजकले आइतबार एकैसाथ विर्तामौड, जनकपुर, विरगंज, चितवन र नेपालगन्जमा लक्की ड्र« गरी हरेका शाखाबाट एक–एक जना विजेताहरुको नाम घोषणा गरेको थियो ।
अग्नी इन्कर्पोरेरेटेड प्रालि नेपालगन्ज शाखामा उघोग वाणिज्य संघका सचिव चिरन्जिवी ओली तथा नेपालगन्ज उप–महानगरपालिका–१८का कार्यबाहक वडा अध्यक्ष विजय दुङ्गानाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको छ । यस योजनाअन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गरेका हरेक ग्राहकलाई निश्चित उपहारको रुपमा महिन्द्रा रोटाभेटरमा ५० प्रतिशत छुट वा पानासोनिकको ४२ इन्चको स्र्माट एलइडी टिभि साथै १ जनाका लागि ५ लाख बराबरको दुर्घटना विमाको पनि व्यवस्था गरिएको थियो ।