फक्सवागनको नयाँ ट्वारेग–आर नेपाली बजारमा
Monday, January 17th, 2022, 4:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । नेपाली बजारमा लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको छ ।
क्लास लिडिङ ठूला एसयूभीका लागि फक्सवागन विश्वमै परिचित छ । नयाँ एसयूभी ट्वारेग–आर विश्व प्रसिद्ध ६ सिलिन्डर भी(६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ, जसले ५३००–६४०० आरपीएममा ३४० पीएस पावर र १३७०–४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्छ ।
नेपालमा सन् २०१० मा आधिकारिक रूपमा बिक्री बितरन गर्दै आइरहेकोे फक्सवागन ट्वारेग समाजको उच्च वर्गले रुचाएको फक्सवागन मोडल हो । २०१० मा बिक्री बितरन भएदेखि नै, ट्वारेग–आर एस्युभी सेग्मेन्तमा नयाँ बेन्चमार्क स्थापित गर्दै आएको छ । काठमाडौंका चार स्थानमा रहेका सोरुम बाहेक पूजा इन्टरनेसनल नेपालका डिलर र सर्भिस नेटवर्क विर्तामोड, विराटनगर, नारायणघाट, बुटवल, भैरहवा, दाङ, नेपालगन्ज, धनगढी, पोखरालगायतका मुख्य सहरमा रहेका छन् ।
नयाँ ट्वारेग–आरमा आठ स्पीड अटोमेटिक गियरबक्स, २० इन्चको एलोय ह्वील, ट्र्याक्सन कन्ट्रोल र फोर ह्वील ड्राइभ रहेको छ । जसले अत्यन्तै प्रतिकुल मौसम तथा रोडमा पनि सिमलेस ड्राइभिङको अनुभव प्राप्ती दिने पूजा इन्टरनेसनलले जनाएको छ । नयाँ ट्वारेग–आरमाएआरजेस्चरसहितको १५ इन्चको इन्फोटेनमेन्ट प्रणाली, १२ इन्चको क्लस्टर प्यानल, हीटेद सिट, फ्रन्ट मसाज सिट, अटो होल्ड कन्ट्रोल, फुल पानारोमिक सनरुफ, रियर एलईडी टेल लाइट, हिल डिसेन्ट असिस्ट, हेड अप डिस्प्ले, टायर प्रेसर मोनिटरिङ, डायनाडियो कन्सीकुएन्सको १४ स्पिकरहरू ४ सबवुफरहरू जस्ता विभिन्न प्रकारका आधुनिक सुविधाहरू छन् ।
ट्वारेग–आरका विशेष सुविधाहरूमा एक्टिभ एयर सस्पेन्सन, अल–ह्वील स्टेयरिङ, एबीएस प्लस र डीफ्फेरेन्सिअल लक समावेश छन् । एयर सस्पेन्सनले सवारीको उचाइ बढाउनका साथै चलौदाभाइब्रेसनमा कमी गराइचालकलाई थप आराम प्रदान गर्दछ। उच्च गतिको अवस्थामा अल–ह्वील स्टेयरिङ हुनुको फाइदा भनेको लेन परिवर्तन गर्दा, र उच्च–स्पीडमा कुनामा जाँदा कम झुकाव हुन्छ र गाडी अझ स्थिर हुनेछ । डीफ्फेरेन्सिअल लकले सबै पाङ्ग्राहरूलाई एउटै गतिमा घुमाउन कर्षणको पर्वाह नगरी बल दिन्छ । यी सबै सुविधाहरूको साथ कम्पनीको दावी छ कि जस्तोसुकै टेरेन र कठिन सडकमा पनिट्वारेग–आर संगैको यात्रा कठिन हुँदैन ।
ट्वारेग–आर स्टाइलिस बोल्ढ एक्सटेरियर र फ्रेस तथा भाइब्रेन्ट डिजाइनका साथ उपलब्ध छ । कारमा भएको अगमेन्टेड रियालिटी सहितको इन्फोटेन्मेन्ट सिस्टमयुक्त ड्यासबोर्डले यसको प्रिमियम अपिललाई अझै बढाएको छ । यसमा फ्रेमलेस इन्टेरियर रियर भ्यू मिरर, अटो डिमिङ र अटो फोल्डेबल साइड मिरर, ८१० लिटर बुट स्पेससहितको सेन्सर कन्ट्रोल लगेज कम्पार्टमेन्ट जस्ता सुविधाहरू पनि छन् । यी सबै आधुनिक युगका कनेक्टिभिटी फिचर र विभिन्न असिस्टेन्स, कम्फर्ट, लाइटिङ र इन्फोटेनमेन्ट सिस्टमका कारण ट्वारेगले अन्य कारमा भविष्यमा प्रयोग गरिने फिचरलाई अहिले नै मार्गदर्शन गरेको छ ।
अति कम उत्सर्जन र प्रभावशाली प्रदर्शनजस्ता दुवै क्षमता भएको ट्वारेग–आरले ५.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ भने यसको टप स्पिड २५० किलोमिटर प्रतिघण्टा छ । आकर्षक डिजाइन, इनोभेटिभ अपरेटिङ, सहजता र सुरक्षात्मक प्रणाली एवं यसमा प्रयोग भएका उच्च गुणस्तरीय सामग्री र यसको शिल्प कौशलताका कारण प्रिमियम क्लास एसयूभीमा पनि फक्सवागन ट्वारेग–आर टप क्लास पोजिसनमा रहन सफल भएको छ । ट्वारेग–आरले यूरो एनक्याप बाट पाँच–तारे सुरक्षा मूल्याङ्कन प्राप्त गर्दछ, जसमा वयस्क र बालबालिकाको सुरक्षाको लागि क्रमशः ८९% र ८६% समावेश छ ।
यस्ता सबै प्राविधिक विशेषता र विभिन्न फिचरका कारण ट्वारेग–आर एउटा सामान्य फक्सवागन गाडी मात्र नभएर कम्प्लिट लक्जरी प्याकेज सहितको बोस–वागन भएको कम्पनीको दाबी छ ।
नयाँ एसयूभी ट्वारेग–आरको आगमन पश्चात यसले बजारमा आफ्नो उपस्थितिलाई अझै बलियो प्रमाणित गर्ने विश्वास गरिएको छ ।कम्पनीले नयाँ ट्वारेग–आरको प्रारम्भिक मूल्य ३.२५ करोड राखेको छ ।