नेपालगन्जमा एलजीको ‘रोड सो’
Tuesday, January 18th, 2022, 4:21 pm
Kalpristha
एलजी कम्पनीले मंगलबार नेपालगन्जमा रोड सो कार्यक्रम संचालन गरेको छ । एलजीले नेपालगन्जको न्युरोडमा सिजि ईलेक्ट्रोनिक सामानहरुको प्रदर्शनी गरेको हो ।
कम्पनीले प्रदर्शनीमा टिभी, स्पीकर, भ्याकुम क्लीनर, माइक्रोओएभ, वासिङ मेसिनजस्ता सामानहरु राखेको छ ।
देशव्यापी रुपमा संचालन भई रहेको रोड सो कार्यक्रमअन्तर्गत बुधबार कोहलपुरमा पनि कार्यक्रम संचालन गरिने एलजीका प्रोडक्ट ट्रेनर अमित राजले बताए ।
एलजीले विशेषगरी कार्यक्रममा एआईडिडि वासिङ मेसिनलाई आकर्षणको रुपमा प्रस्तुत गरेको छ । आधुनिक प्रविधियुक्त उक्त मेसिनले कपडाको गुणस्तरअनुसार धुलाई गर्ने र कमडाको गुणस्तरलाई कायम राख्ने राजले बताए । एआईडिडि प्रविधि युक्त वासिङ मेसिनलाई मोबाइलबाट पनि संचालन गर्न सकिने उनले बताए ।

एआईडिडि वासिङ मेसिन
‘यो वासिङ मेसिनमा कुन कपडालाई कसरी धुने, सोही अनुसारको फिचर यसमा छ । यसले फरक फरक कपडालाई फरक फरक किसिमले धुने गर्दछ । साथै यसमा एक घण्टा, आधा घण्टाको समय राखेर ड्राय पनि गर्न सकिन्छ,’ राजले भने ।
हाल एलजीको सोरुममा उक्त वासिङ मेसिन नौ किलो वासर र ६ किलो ड्रायसम्मको उपलब्ध रहेको छ । यसको तौल अनुसार एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्ममा उपलब्ध रहेको छ ।
हाल उक्त वासिङ मेसिनमा १६ प्रतिशत छुट र एक हजारको नगद रसिद रहेको राजले बताए ।