एनआरएन अमेरीका निर्वाचन: यसकारण फेरी जित्दैछन् डा. केशव पौडेल
Friday, March 3rd, 2017, 6:11 am
amit
के सी शेर
अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ एनआरएन अमेरीकाको आसन्न निर्वाचनको माहोल तातिदै गएका बेला आगामी अध्यक्षका लागी बर्तमान अध्यक्ष डा. केशव पौडेल नै दोहोरीने सम्भावना बलियो बन्दै गइरहेको छ । अध्यक्ष पदमा करिब आधादर्जन आकांक्षीहरुले बिभिन्न माध्यमबाट आफ्नो उम्मेद्वारी घोषणा गरेपनि आन्तरिक रुपमा डा. पौडेल नै सबैभन्दा बलियो उम्मेद्वार देखिएका छन् ।
कसरी बलियो बन्दै छन् त डा. पौडेल ? उनी निकटश्रोत भन्छ – “आफ्नो पकड कायम राख्ने र माहोल आफै आफ्नो पक्षमा पार्न सक्षम छन डा. पौडेल ।”
सरल स्वभाव र गतिशिल दैनिकी तथा अमेरीकाभरका नेपाली सबैमा सहज पहुंच पुगेकोले पनी डा. पौडेललेको जित स ुनिश्चित रहेको बताइन्छ । अघिल्लो चुनावका बेला नयां सदस्यता तथा सदस्यता नविकरणमा पनि डा. पौडेलको सक्रियताका कारण पनि उनलाई आगामी अध्यक्षमा समर्थन गर्नेहरु बढ्दै गएका छन् ।
आफ्नो व्यक्तिगत प्रयासमा पनि डा. पौडेलको जत्तिकै पहुंच अरु उम्मेद्वारले बनाउन धेरै कसरत गर्नुपर्ने देखिएकोले पनि आगामी अध्यक्षमा डा. पौडेल नै दोहोरीने आकंलन गरिएको छ ।
अन्य उम्मेद्वार भन्दा सबै कुरामा अगाडी भएकोले डा. पौडेलले आगामी चुनाव पनि आफ्नो पक्षमा पार्दैछन डा. पौडेल निकट एनआरएन अमेरीकाका एक पदाधीकारले भने – “अध्यक्षका धेरै उम्मेद्वार भएकोले पनि पौडेललाई चुनाव जित्न सहज छ ।”
जन सम्पर्क समिती अमेरीकाका केही बाहेक अन्य केन्द्रिय तहका नेताहरु समेत एनआरएन अमेरीकाको आगामी अध्यक्षका लागी डा. पौडेललाई नै समर्थन गर्ने स्पष्ट पारिसकेकोले पनि उनको जित स ुनिश्चित रहेको बताइन्छ यसका अलावा अमेरीकाका सबै शहरमा कार्यरत नेपाली डाक्टर तथा नर्सहरु डा. पौडेलको पक्षमा देखिएका छन् ।