बलात्कार काण्डमा थप एक पक्राउ
Sunday, January 23rd, 2022, 8:23 pm
Kalpristha
खजुरा गउँपालिका-१, सैनिकमा भएको बालिका बलात्कार काण्डमा थप एकजना पक्राउ परेका छन् । बाँकी तीनजनाको खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ ।
मुख्य अभियुक्त हरिश सुनारलाई प्रहरीले शनिबार निजको घरबाटै पक्राउ गरेको थियो भने नेप्टेलाई पनि शनिबार राती नै पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्योपाले जानकारी दिए ।
शुक्रबार साँझ ५ बजे स्थानीय पाँच जनाले १६ वर्षीष बालिकाको अपहरण गरेर बलात्कार गरेका थिए ।
बलात्कार गर्नेमा खजुरा गाउँपालिका-१ सैनिक बस्ने १८ वर्षीय सुनार, अन्दाजी वर्ष १७/१८ को सुशान्त सुनार, अन्दाजी वर्ष १८/१९ को सुमित गाहा मगर, अन्दाजी वर्ष १९/२० को नबिन थापा र अन्दाजी वर्ष २८ को नेप्टे भन्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
नेपालगन्ज उप-महानगरपालिका-१२ बेलासपुर बस्ने १६ वर्षीय बालिकासहित सोही अन्य तीनजना खजुरा सि गाउँस्थित पुलचोक नजिक फोटो खिचाउन लागेको अवस्थामा स्थानीय पाँचजनाले उनीहरुलाई कुटपिट गरेका थिए । दुईवटा मोटरसाइकलमा आएका उनीहरुले कुटपिटपश्चात क्यामरा तोडफोड गरी बालिकालाई अपहरण गरेर लगेका थिए ।
सोही साझ हरिश भे १० प ८६३ नम्बर मोटरसाइकलमा बसाली लिई गएको भन्ने खबर प्राप्त भए अनुसार जिल्ला प्रहरीका कार्यालयबाट प्रहरी नायज उपरीक्षक मधुसुधन न्यौपाने समेतको प्रहरी टोली घटनास्थल खटी गई हरिश सुनारको घरबाट निज हरिश सुनारलाई पक्राउ गरी पिडितलाई समेत निजकै घरकोठाबाट उद्दार गरेको थियो ।