लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा
Tuesday, January 25th, 2022, 7:01 pm
Kalpristha
–लिलाधर वली, दाङ
लुम्बिनी प्रदेशमा बुधबार हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचनका लागि सम्पूणर् तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनका लागि उक मतदान स्थल निर्धारण गरिएको छ भने दुई मतदान केन्द्र निर्धारण गरिएकोे प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
एउटामा प्रदेश सभाका सदस्यले मतदान गर्ने छन् भने अर्का मतदान केन्द्रबाट पालिकाका प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्ने छन् । दुई वटा मतदान केन्द्रका लागि निर्वाचनका लागि १८ जना कर्मचारी परिचालन गरिने भएको छ । आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन हुनेछन् । बाहिर स्वास्थ्यकर्मीहरु रहने भएका छन् । सुरक्षा मापदण्ड अपनाएर मतदान गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुने सुचना अधिकारी कुवरले बताए । ‘राष्ट्रियसभा निर्वाचनको सम्पूणर्त तयारी पुरा भएको छ’,उनले भने,‘मतदानका लागि कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्रहरु निर्माणको काम भैसकेको छ ।’ उनका अनुसार मतदान सकिए लगतै मतगणना सुरु गरिने छ ।
बुधवार नै नतिजा प्रकाशन गर्ने गरि तयारी भएको सुचना अधिकारी कुवरले बताए । लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन हुन लागेको हो । लुम्बिनी महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन थालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ दलको तर्पmबाट ३ जना र नेकपा एमालेको तर्फबाट तीन जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । सत्तारुढ दल अन्र्तगत नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा उम्मेदार रहेका छन् । एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएका छन् ।