एनआरएन अध्यक्ष डा. पौडेल विस्कोन्सीसमा, चुनावी अभियान व्यापक
Sunday, March 5th, 2017, 9:00 am
amit
के सी शेर
अष्टिन (टेक्सास) -गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाका अध्यक्ष डा. केशव पौडेल सिकागो पुग्नुभएको छ ।
एनआरएन अमेरीकाको आसन्न निर्वाचनका लागी आफ्नो पक्षमा माहोल व्यापक बनाउन तथा एनआरएन सदस्यता नविकरण र नयां सदस्यताका लागी गरिने बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन डा. पौडेल विस्कोन्सीसको एप्पलटोन पुग्नुभएको हो ।
“नेपाली नेपाली बीचको एकता, सम्वृद्द नेपाल निर्माणमा प्रवासीहरुको सहभागिता, अमेरिकी मेनस्ट्रीममा नेपाली डायस्पोराको ईन्टिग्रेसन आजको आवस्यकता” भन्ने नारा सहित आगामी कार्यकालका लागी पनि एनआरएन अमेरीकाको अध्यक्षका उम्मेद्वार पौडेल शनिवार सिकागोस्थित विस्कोन्सीसको एप्पलटोन नेपाली कम्युनीटीले गरेको मेम्बरसिप कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।
विस्कोन्सीस एप्लटोनका समाजसेवी तथा व्यवसायी बुद्धिसागर सुबेदीको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन अमेरीकाकी महिला बिभाग संयोजक राधा पौडेल, एनआरएन अमेरीकाका सल्लाहकार सुनिल शाह, एनआरएन अमेरीकाका पुर्व सल्लाहकार तथा आन्माका पुर्व सभापती समाजसेवी गोपेन्द्रराज भट्टराई, समाजसेवी लाल प्रसाद काफ्ले, नेप्लीज एप्पलटोन युथ एसोसियसनका सभापती हरिराज खनाल लगायत एप्पलटोनवासी नेपालीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्ने वक्ताहरु लगायत सहभागी नेपालीहरुले अझै पनि एनआरएन अमेरीकाको नेतृत्व डा. केशव पौडेलले सम्हाल्नुपर्ने अवस्था रहेको बताएको आन्माका पुर्वसभापती तथा एनआरएन अमेरीकाका पुर्वसल्लाहकार गोपेन्द्र भट्राईले बताउनुभयो । ।
समाजसेवी कृष्ण देवकोटाले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य टुक प्रसाद रेग्मीले दिनुभएको थियो । चुनावी अभियान व्यापक बनाउन सिकागो पुग्नुभएका एनआरएन अध्यक्ष डा. पौडेलले हिमालपाटी डटकम संग कुरा गर्दै सबैको साथ सहयोग र समर्थनका कारण आफु आगामी कार्यकालका लागी अगाडी बढेको बताउनुभयो । आइतवार पनि सिकागोमा हुने मेम्मवरसिप इभेन्टहरुमा सहभागी हुने डा. पौडेलले जानकारी दिनुभयो ।