यस्तो छ लुम्बिनीबाट विजयी राष्ट्रिय सभा सदस्यको मतपरिणाम
Wednesday, January 26th, 2022, 5:16 pm
Kalpristha
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन तर्फका उम्मेदरहरु विजयी भएका छन् । तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला युवराज शर्मा, नेकपा एकिकृत समाजबादी(एस)बाट महिला तर्फ राजेन्द्रलक्ष्मी गैरे र दलित तर्फ जनमोर्चा पार्टीबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्मा विजयी भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट खुला तर्फका कांग्रेसका उम्मेदवार शर्माले ४ हजार ३ सय ४४ मतभार प्राप्त गरि विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी एमालेका रामदयाल गुप्तालाई हराएर विजयी भएका हुन । गुप्ताले ३ हजार ३ सय ७८ मतभार प्राप्त गरेका छन् ।
त्यस्तै महिलातर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादकी राज्यलक्ष्मी गैरेले ४३७४ मत प्राप्त गरि विजयी भएकी छन् । प्रतिद्वन्द्वी एमालेकी भारती खनाललाई हराएर बिजयी भइन । खनालले ३३१२ मतभार प्राप्त गरेकी छन् ।
त्यस्तै दलिततर्फ गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका तुलसप्रसाद विश्वकर्माले ४ हजार ३ सय ५६ मतभार प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले ३ हजार ३ सय ४८ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा प्रदेश सभा सदस्य एक बराबर ४८ र स्थानीय तह तर्फ एक सदस्य बराबर १८ मतभार हुने गरेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कुल २९६ मतदाता मध्ये २९४ मत खसेको थियो । स्थानीय तहको २१३ मत र प्रदेशसभा ८१ खसेको थियो । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजे सुरु भएर ३ बजे सकिएको थियो ।