प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’को गरियो स्मरण
Saturday, January 29th, 2022, 7:28 pm
Kalpristha
प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार स्वर्गीय पन्नालाल गुप्ता ‘चाचाजी’ को दोस्रो पुण्य तिथीको अवसरमा शनिबार स्मृतिसभा सम्पन्न भएको छ । गुप्ताको पुण्य तिथीका अवसरमा पन्नालाल गुप्ता स्मृती प्रतिष्ठानले स्मृती सभा सम्पन्न गरेको हो । प्रतिष्ठानको अध्यक्षमा विजयकुमार गुप्ताको सभापतित्वमा भएको सभामा बोल्ने वक्ताहरुले गुप्तको योगदानबारे चर्चा गरिएको थियो ।
कार्यक्रममा पत्रकार, नागरिक अगुवा र बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । गुप्तले पत्रकारिता, लोकतन्त्र र नागरिक अधिकारका लागि उदाहरणीय काम गरेको उनीहरुले स्मरण गरे ।
प्रतिष्ठानका अध्यक्ष गुप्ताले कोरोना संक्रमणको विषम परिस्थितिमा भव्य कार्यक्रम नगरिएपनि स्मृतिसभा गरिएको महासचिव शुक्रऋषि चौलागाईले बताए । गुप्तको २०७६ माघ १५ गते अर्थात् आजकै दिन निधन भएको थियो ।
पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष तथा नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष गुप्ताले लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको समग्र विकासमा योगदान पुर्याएका थिए ।