बाँकेका ऋषि राप्रपाको सह-महामन्त्रीमा मनोनित
Sunday, January 30th, 2022, 8:37 pm
Kalpristha
राप्रपाका युवा नेता बाँके निवासी ऋषिराज देवकोटा सहायक सह-महामन्त्रीमा मनोनित भएका छन् । राप्रपाको आइतबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई सह-महामन्त्रीमा मनोनित गरेको हो ।
यसअघि भएको महाधिवेशनमा नेपालगन्ज उप-महानगरपालिकाका मेयर समेत रहेका राप्रपा नेता डा. धवलशमशेर राणा महामन्त्रीमा निर्वाचित भएका थिए । देवकोटाले पार्टीले दिएको जिम्मेवारीलाई आफ्नो कर्तव्य सम्झेर राप्रपालाई एउटा बलियो प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्न लागिपर्ने बताएका छन् । उनी राप्रपाको भातृ संगठन युवक संगठनका केन्द्रिय उपाध्यक्ष समेत हुन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका छन् ।
उनले हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष मनोनित गरेका उनले राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन् ।
त्यस्तै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनित गरेका उनले प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई सहायक प्रवक्ता मनोनित गरेका हुन् ।
यस्तै मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङलाई सहमहामन्त्री मनोनित भएका छन् ।
यस्तै सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई मनोनित गरिएको लिङ्देनले विज्ञप्तिमार्फत जनाएका छन् । अब राप्रपामा पदाधिकारी संख्या ३१ पुगेको छ ।
उनले विभिन्न विभागका प्रमुखसमेत तोकेका छन् ।

मनोनित