लुम्बिनीमा ३३ लाख बढीले लगाए खोप
Monday, January 31st, 2022, 9:12 pm
Kalpristha
लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले सोमबार घोराहीमा आयोजना गरेका पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार तीन सन २९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो ।
तीमध्ये २४ लाख २६ हजार ६ सय ८० जनाले दोस्रो डोज खोप लगाएका छन् । प्रदेशभर १२ वर्ष माथिका ३९ लाख ६७ हजार ६ सय ७४ जना व्यक्ति रहेको अनुमान छ । तीमध्ये एक दशमलव ८१ प्रतिशत अर्थात् दुई हजार चार सय ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्रदेशमा अहिले सात हजार ६ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये एक सय ३१ जना अक्सिजनसहितको उपचारमा, २१ जना आइसीयू, दुई जना भेन्टिलेटर र अन्य बिरामी घरमै रहेका छन् ।
प्रदेशमा ११ लाख चार हजार तीन सय ५२ डोज खोप आवश्यक रहेको र अहिले १० लाख ८३ हजार चा सय ७७ डोज खोप मौज्दात रहेको मन्त्रालयका सचिव डा विकास देवकोटाले जानकारी दिए ।
कोरोना संक्रमण यता लुम्बिनी प्रदेशमा करिब सात लाख जनाको कोरोना जाँच भएको र तीमध्ये एक लाख ३३ हजार सात सय ६६ जना संक्रमित भएका थिए । प्रदेशभरको कूल जनसंख्याको १९ दशमलब १४ प्रतिशत नागरिक संक्रमित भएका निर्देशनालयले जनाएको छ ।