कालपृष्ठ दैनिक पुनः प्रदेशस्तरीय ‘क’ वर्गमा
Tuesday, February 1st, 2022, 1:18 pm
Kalpristha
नेपालगन्जबाट विगत २४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको कालपृष्ठ दैनिक पत्रिका पुनः प्रदेशस्तरीय ‘क’ वर्गमा वर्गीकरण भएको छ । प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको आ.व. २०७५/०७६ र २०७६/०७७ को वर्गीकरणमा पुनः कालपृष्ठ ‘क’ वर्गको प्रदेशस्तरीय पत्रिका बनेको हो ।
बाँकेका दुईवटा दैनिक पत्रिकामात्र प्रदेशस्तरीय ‘क’ वर्गमा वर्गीकरण भएका छन् । जसमा कालपृष्ठ दैनिक र दैनिक नेपालगन्ज रहेका छन् ।
त्यस्तै बाँकेका १३ वटा पत्रिका वर्गीकरणमा परेका छन् । जसमा सद्भाव दैनिक र मिसन टुडे दैनिक प्रदेशस्तरीय ‘ख’ वर्गमा वर्गीकृत भएका छन् ।

हाम्रो समाचार दैनिक स्थानीय ‘क’ वर्गमा वर्गीकृत भएको छ । र प्रभात घोषण दैनिक र लोकप्रिय सन्दैश दैनिक स्थानीय ‘ख’ वर्गमा वर्गाीकृत भएका छन् ।
बाँकेबाट प्रकाशित हुने साप्ताहिकमा भने न्यूज यथार्थ साप्ताहिक, गुड न्यूज साप्ताहिक, आजको सामना साप्ताहिक, समाज जागरण साप्ताहिक र महिला सञ्चार साप्ताहिक स्थानीयक ‘ख’ वर्गमा वर्गीकृत भएका छन् । साथै साप्ताहिक असल शासन पोष्ट स्थानीय ‘ग’ वर्गमा वर्गाीकृत भएको छ भने जनमत अर्थ साप्ताहिक स्थानीय ‘ख’ वर्गमा वर्गीकृत भएको छ ।

कालपृष्ठ दैनिक पुनः प्रदेशस्तरीय ‘क’ वर्गमा
नतिजाअनुसार आ.व. २०७५÷०७६ को वर्गीकरणको लागि आवेदन दिने आठ सय ८३ (प्रदेशस्तर एक सय ६६, राष्ट्रियस्तर एक सय ६५, स्थानीयस्तर पाँच सय ५२) पत्रपत्रिकामध्ये क वर्गमा दुई सय १९ पत्रपत्रिका वर्गीकृत भएका छन् ।
यस्तै ख वर्गमा चार सय ७६ पत्रपत्रिका, ग वर्गमा एक सय ३७ पत्रपत्रिका र घ वर्गमा १५ पत्रपत्रिका वर्गीकृत भएका छन् । वर्गीकरण भएकामध्ये एक सय ७९ दैनिक पत्रिका, तीन अर्धसाप्ताहिक पत्रिका र पाँच सय एक साप्ताहिक पत्रिका वर्गीकृत भएका छन् । साथै ११ पाक्षिक, ७३ मासिक पत्रिका, सातवटा द्वैमासिक पत्रिका र ६ वटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५८ वटा साहित्यिक र नौवटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् । तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका २५ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।

कालपृष्ठ दैनिक पुनः प्रदेशस्तरीय ‘क’ वर्गमा
त्यस्तै आ.व. २०७६÷०७७ को वर्गीकरणको लागि आवेदन दिने आठ सय ७८ (प्रदेशस्तर एक सय ६९, राष्ट्रियस्तर एक सय ४९, स्थानीयस्तर पाँच सय ६०) पत्रपत्रिकामध्ये क वर्गमा दुई सय ३९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ख वर्गमा चार सय ३१ पत्रपत्रिका, ग वर्गमा एक सय ६३ पत्रपत्रिका, वर्गीकरण भएका छन् । घ वर्गमा कुनै पनि पत्रपत्रिका वर्गीकरण गरिएका छैनन् ।
वर्गीकरण भएकामध्ये एक सय ८० दैनिक पत्रिका, दुई अर्धसाप्ताहिक पत्रिका र चार सय ८६ साप्ताहिक पत्रिका छन् । यस्तै १२ पाक्षिक, ७३ मासिक पत्रिका, ६ वटा द्वैमासिक पत्रिका र आठवटा त्रैमासिक पत्रिका वर्गीकृत छन् ।

कालपृष्ठ दैनिक पुनः प्रदेशस्तरीय ‘क’ वर्गमा
५७ वटा साहित्यिक र नौवटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् । तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका ३४ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।
काउन्सिलले नतिजामा चित्त नबुझे नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग÷पुनः मूल्याङ्नका लागि निवेदन दिन सकिने जनाएको छ । पत्रपत्रिका वर्गीकरणको नतिजा प्रेस काउन्सिल नेपालको वेबसाइट र फेसबुक पेजमा समेत राखिएको छ ।

कालपृष्ठ दैनिक पुनः प्रदेशस्तरीय ‘क’ वर्गमा

कालपृष्ठ दैनिक पुनः प्रदेशस्तरीय ‘क’ वर्गमा

कालपृष्ठ दैनिक पुनः प्रदेशस्तरीय ‘क’ वर्गमा

कालपृष्ठ दैनिक पुनः प्रदेशस्तरीय ‘क’ वर्गमा