लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ
Thursday, February 3rd, 2022, 5:09 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिका-७ गगनगन्जबाट लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । २५ वर्षीय शुभम मानन्धर ६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेकोमा सोही ठाउँका २८ वर्षीय आदित्य श्रेष्ठ, २५ वर्षीय अंकित श्रेष्ठ र विरेन्द्रनगर नगरपालिका-६ सुर्खेतका ३८ वर्षीय गणेश भण्डारीलाई पक्राउ गरेको छ । प्रहरीले उनिहरुको साथबाट ३० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा वडाको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्युरोको टोलीले मानन्धरको घरमा छापा मारेको थियो । प्रयोगकर्ता समेत रहेका मानन्धरले रुपैडियाबाट लागू औषध ल्याउने र यहाँ बेचबिखन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
लागु औषधको कारोबार भैरहेको भन्ने सूचना पाएपछि वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलि र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलिले आबश्यक चेकजाँच र खानतलासी गरेको थियो । त्यसक्रममा लागू औषध नापजाँच गर्ने तराजु समेत बरामद भएको छ । यस्तै नगद एक लाख ४४ हजार रकमपनि बरामद भएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट उनिहरु लागू औषध किनमेल गर्ने गिरोह भएको खुलेको बताएको छ ।