आउंदो आइतवार अष्टिनमा रक्तदान तथा एनआरएन मेम्बरसिप ड्राइभ कार्यक्रम
Monday, March 6th, 2017, 8:03 am
amit
अष्टिन- ग्रेटर अष्टिन नेपाली सोसाइटीले आउंदो आइतवार अष्टिनमा रक्तदान तथा गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको मेम्बरसिप ड्राइभ कार्यक्रम गर्ने भएको छ ।
टेक्सासको अष्टिनमा बिभिन्न रचनात्मक तथा उपलब्धीमलक कार्यक्रम गर्दै आएको ग्रेटर अष्टिन नेपाली सोसाइटीले आउंदो आइतवार दिउंसो १२ बजे देखी ४ बजे सम्म एकै दिन रक्तदान कार्यक्रमका साथै एनआरएन मेम्बरसिप ड्राइभ कार्यक्रम गर्न लागेको ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपानेले जानकारी दिनुभयो ।
एनआरएन अमेरीकाको सदस्यता नविकरण तथा नयां सदस्यताका लागी यही १५ गते सम्म मात्रै समय रहेकोले अष्टिनबाट पनि सबै गैर आवासीय नेपालीहरुको सहभागीका लागी कार्यक्रम गर्न लागेको सोसाइटीका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
1219 Coaches Xing Pflugerville, TX 78660 मा हुने कार्यक्रममा सहभागी भई रक्तदान गर्न तथा एनआरएन अमेरीकाको सदस्यता लिन अष्टिनवासी नेपाली सबैमा ग्रेटर अष्टिन नेपाली सोसाइटीले आग्रह गरेको छ । यस लगत्तै ग्रेटर अष्टिन नेपाली सोसाइटीले नेपाली नयां वर्षको अवसर पारेर अष्टिनमा बिभिन्न खेलकुद कार्यक्रम तथा बृहत बनभोज कार्यक्रम गर्दैछ ।