लायन्सको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता
Thursday, February 3rd, 2022, 7:52 pm
Kalpristha
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लब ईन्टरनेशनल डिस्टिक ३२५ एनको आगामी फागुन ७ गते चितवनमा हुने महाधिवेशनका लागि बिहीबार नेपालगञ्जमा उम्मेदवारी दर्ता गरिएको छ । चितवनमा हुने महाधिवेशनबाट चयन हुने आगामी वर्षको नेतृत्वको लागि क्लबका डिस्टिक गर्भनरका लागि धनगढीका सिबी चन्द, प्रथम भाईस डिस्टिक गर्भनरका लागि नेपालगञ्जका मुकुट ढकाल र द्वितीय भाईस डिस्टिक गर्भनरका लागि दाङ्गका विनोद श्रेष्ठले आ-आफ्नो उम्मदेवारी निर्वाचन समितिका सदस्य चिन्तमणी धिताललाई बुझाएका हुन् ।
लायन्स क्लबहरुको सबैभन्दा ठूलो डिस्टिकको रुपमा रहेको लयान्स क्लब अफ ईन्टरनेशनल डिस्टिक ३२५ बि-२ विभाजन गरी डिस्टिक ३२५ एन बनेको हो । निर्वाचन समितिका सदस्य धितालले डिस्टिकको आगामी एक वर्षेकालको लागि गर्भनर, प्रथम भाईस गर्भनर, द्वितिय भाईस गर्भनरमा एक-एक जनाको मात्र उम्मेदवारी परेको जानकारी दिए । एक-एक जनाको मात्र उम्मेदवारी परे पनि सबै उम्मेदवारले महाधिवेशनमा शतप्रतिशत मत पाउनुपर्ने प्रावधान लायन्समा रहेको उनले बताए ।
सो अवसरमा क्लबका पूर्व डिस्टिक गर्भनर सेम शाक्यले नयाँ डिस्टिकको नेतृत्व गर्दै लायनवादलाई जनस्तरसम्म पुराउन सुझाव दिएका छन् । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाी उपप्रमुख उमा थापा मगरले आगामी कार्यकालको नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएका तीनै जनालाई शुभकामना दिदै सामाजिक क्षेत्रमा लायन्सको नाम उच्च राख्ने विश्वास व्यक्त गरिन् ।
निर्वाचन समितिका सदस्य चिन्तामणी धितालको अध्यक्षता र पूर्व लियो काउन्सिलका अध्यक्ष विष्णु श्रेष्ठको सहजिकरण तथा पूर्व डिस्टिक गर्भनर मधुसुदन शर्माको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
उम्मेदवारी घोषणा कार्यक्रममा प्रथम भाईस डिस्टिक गर्भनरका उम्मेदवार ढकालले सामाजिक क्षेत्रमा थप सक्रिय भएर काम गर्ने उद्देश्यले आफुले उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनले भने, ‘मलाई यस पदको उम्मेदवार बनाउन सहयोग गर्नुहुने सम्पुणर् मेरा अग्रज, सहकर्मी र लायन्सका सम्पुणर् मित्रहरुलाई म हृदयदेखी नै आभार प्रकट गर्न चाहन्छु । तपाईहरुको सहयोग र साथले मैले उम्मेदवारी दिने हिम्मत गरेको हु । मलाई आशा छ भविष्यमा सामाजिक क्षेत्रमा अझ धेरै काम गर्ने तपाईहरुले अवसर दिनु हुनेछ । त्यसका लागि सम्पूणर् मेरा लायन्स मित्रहरुमा आभारी छु ।’