कर्णाली प्रदेश सरकार तीन महिनापछि बन्यो पूर्ण
Sunday, February 6th, 2022, 7:53 pm
Kalpristha
कर्णाली प्रदेशको मन्त्रिपरिषदले पूर्णर्ता पाएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले सपथ खाएको तीन महिनापछि आइतबार मन्त्रिपरिषदलाई पूर्ण बनेको हो ।
नेकपा (माओवादी केन्द्र)बाट दुई, नेपाली कांग्रेसबाट दुई र नेकपा (एकीकृत समाजवादी)बाट एकजना गरी पाँच जना मन्त्री थपिएसँगै मन्त्रीपरिषद पूर्ण बनेको हो ।
नेपाली कांग्रेसबाट हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री र यज्ञबहादुर बुढाक्षेत्री सामाजिक विकास मन्त्री बनेका छन् ।
बुढाक्षेत्री यसअघि महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा पनि सामाजिक विकास मन्त्री थिए । बुढाक्षेत्री सुर्खेतका हुन् भने शाही दैलेखका हुन् । शाही कांग्रेस कर्णाली प्रदेश सभा दलका सचेतक पनि हुन् ।
यस्तै माओवादीबाट जाजरकोटका सांसद गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा विकास मन्त्री बनेका छन् भने गैरसांसद छिरिङ डम्डोल लामा (कार्चेन लामा) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । समाजवादीबाट पदमबहादुर रोकाया भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री बनेका छन्।
यसअघि माओवादीबाट विन्दमान बिष्ट अर्थमन्त्री छन् भने समाजवादीबाट प्रदेश सभा दलका नेता चन्द्रबहादुर शाही कृषि मन्त्री छन् । पाँच जना नयाँ मन्त्री थपिएपछि कणर्ालीको मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ ।