भेरीले दियो कौशी खेती तालिम
Sunday, February 6th, 2022, 9:14 pm
Kalpristha
भेरी सहकारी वित्तीय संस्था लिमिटेडले दुईदिने कौशी खेती तालिमको आयोजना गरेको छ । भेरीले संस्थाका ३५ जना शेयर सदस्यहरुलाई खेति तालिम दिएको छ ।
आइतबार तालिमको समापन गरिएको छ । कार्यक्रमका सभापति शिक्षा उपसमितिका संयोजक बिन्दा खरेलको, प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिल हमाल शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा प्रशिक्षक केशव गैरे, सुधिर सिंह, पार्बति धिमिरे, वीरबहादुर हमालज्युले कौशी खेतीका बारेमा तालिम दिएका थिए । उनीहरुले कौशी खेतीको महत्व, आवश्यकता, रेख्देख, माटोको तयारी, मल औषधिको प्रयोग, मल बनाउने तरिकालगायतका विषयमा प्रशिक्षण दिएका थिए । साथै माटो तयार गरी बीउ रोप्ने तरिकाका बारेमा तालिमका सहभागीले प्रयोगात्मक रुपमा सिकेका थिए ।
कौशि खेतीका लागि चाहिने आवश्यक सामान, सामानहरुको नाम, मल, बीउ, बिजन र तरिकाको समेत तालिममा जानकारी गराइएको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरुले आफूहरु उत्साहित भएको बताएका थिए ।
कार्यक्रम समापनका प्रमुख अतिथि भेरी संस्थाका अध्यक्ष पदम बहादुर भण्डारीले गरे ।
कौशी खेती तालिमका लागि सहजीकरण नारायण सिग्देलले गरेका थिए भने व्यवस्थापन शोभा गुरुङले गरेकी थिइन् ।