ब्याट्रीबाट चल्ने ओपाई स्कुटी अब नेपालगन्जमा
Monday, February 7th, 2022, 8:50 pm
Kalpristha
ब्याट्रीबाट चल्ने ओपाई स्कुटी अब नेपालगन्जमै पाइने भएको छ । नेपालगन्ज-११ पासाङल्हामुमार्गमा अवस्थित डीबी पावर इण्डष्ट्रिज प्रालिले सोमबारबाट ओपाईको बिक्री सुरु गरेको हो । एक पटक ब्याट्री चार्ज गरेपछि ८० किलोमिटर चल्ने, एक वर्ष ब्याट्रीको ग्यारेन्टी र ब्लुबुकसमेत उपलब्ध भएको ब्याट्रीबाट चल्ने स्कुटीको बिक्री शुरु भएको प्रालिले जनाएको छ ।
ओपाई कम्पनीको स्कुटीमा ७२ भोल्टको ब्याट्री र पन्ध्र सय वाटको मोटर रहेको छ । यस स्कुटीमा रिमोट लकको व्यवस्था पनि रहेकोले चोरी हुने डरबाट मुक्त हुन सकिन्छ ।
नेपालगन्जमा सो रुम रहेको डीबी पावर इण्डष्ट्रिज प्रालिको बर्दियाको भुरीगाउँमा शाखा रहेको सन्चालक विकास कर्माचार्यले जानकारी दिए । चीनबाट ल्याइने ओपाई कम्पनीको स्कुटीलाई एक लाख ७० हजारदेखि एक लाख ८० हजार रुपैयासम्म पर्ने कर्माचार्यले जानकारी दिए । पेट्रोलको मूल्य बढिरहेको बेलामा एकपटक चार्ज गर्दा ८० किलोमिटर चल्ने र विविध सुविधा भएको स्कुटीले बजार लिने सञ्चालक कर्माचार्यको विश्वास रहेको छ । डीबी पावर इण्डष्ट्रिज प्रालिले अटो रिक्सा पनि बिक्री गरिरहेको छ ।