‘यस वर्ष थप विशेष हुँदै छ टुर डे ठाकुरद्वारा’ : सुरेन्द्रदीप
Sunday, February 20th, 2022, 1:38 pm
Kalpristha
सुरेन्द्रदीप कार्की, उपाध्यक्ष, नेपालगन्ज साक्लिङ क्लब
अहिले हामी टुर डे ठाकुरद्वाराको चौथो संस्करणको तयारीमा लागेका छौँ । हामीले यसभन्दा अगाडि तीनवटा संस्करण गरिसकेका छौँ । यो नेपालगन्ज सहरलाई चिनाउने देशैभरी चिनाउने एउटा साइक्लिस्टहरुको पर्व हो । हामीले यसलाई उत्सवको रुपमा लिएका छौँ । त्यही भएर यसपालि हामीले नेपालगन्जमा साइकल उत्सव मनाउने कि भन्ने योजना बनाएका थियौँ । त्यसैअनुुसार हामीले हाम्रो कार्यक्रम अगाडि बढाएका थियौँ । बीचमा कोरोना आयो र कोरोनाका कारणले हामीले त्यो कार्यक्रम स्थगित गरेका थियौँ । अहिले अलिकति कोरोनाको वातावरण पनि अलि सहज भएकोले र जाडो पनि भर्खर सकिएको हुनाले चाहिँ हामीले यो योजनालाई हामीले छोटो तयारीमा पनि सम्पन्न गर्ने कि भनेर लागेका छौँ । यद्धपि यो अभियान हरेक वर्ष व्यवस्थित र विशेष बन्दै आएको छ । यसवर्ष पनि थप विशेष र व्यवस्थित हुनेछ ।
नेपालगन्ज एउटा ५ नम्बर प्रदेशको एउटा प्रमुख सहर पनि हो । हाम्रो नयाँ मुलुक पनि हो र यहाँ विभिन्न खालको विविधता पनि छ । यसलाई हामीले चिनाउन छ । धेरै मान्छेहरुलाई यहाँको विविधता को बारेमा थाहा छैन । त्यसैकारणले हामीले देशभरकै साइक्लिीस्टहरुलाई वर्षै पिच्छे नेपालगन्ज ल्याएर नेपालगन्ज देखि ठाकुरद्वारासम्म साइकलमा लिएर जान्छौँ ।
बिचबिचमा इभेन्टहरु गर्दै जान्छौँ र साँझ चाहिँ ठाकुरद्वारा बस्ने गरि जान्छौँ । यसवर्ष पनि हामीले फागुन २१ र २२ गते हामीले यो कार्यक्रम गर्दै छौँ । कार्यक्रममा सहभागी हुन यसपालि भारतबाट पनि आउनुहुन्छ र देशभरिबाट नै आउनुहुन्छ । पोहोर पनि लगभग हामीले सबै प्रदेशलाई समेटेका थियौँ । झापादेखि लिएर कञ्चनपुरसम्मको साइक्लिीस्टहरु आउनुहुन्छ । डोटि, डँडेलधुरा, पोखराबाट पनि आउनुहुन्छ । हामीले सबै क्षेत्रलाई समेटेका छौँ । अब त्यो चाहिँ हाम्रो विभिन्न प्रायोजक हरु हुनुहुन्छ । हैन हामीले प्रायोजकहरुको विभिन्न कार्यक्रमहरु गरदिन्छौँ ।
प्रायोजकहरु जस्तो बालविवाहको मुद्धा, चेलिबेटि बेचबिखनको मुद्धा र यस्ता केही केही मुद्धाहरु भए हामीले ती विषयमाथि छलफल गर्छाैँ । यसवर्ष चाँही हामी यसअघिका भन्दा फरक रुट भएर जान्छौँ । पोहर हामी गुलरीया हुदै गएका थियौँ । यसवर्ष हामी बाँसगढी हुदैँ जानेछौँ । बाँसगढीबाट ठाकुरबाबा नगरपालीका हुँदै ठाकुरद्वारा प्रवेश गर्नेछौँ । यो जुन बर्दिया राष्ट्रिय निकुञ्ज छ बडा ओझेलमा परेको निकुञ्ज छ ।
बाँकेलाई जोड्ने योजना तत्काललाई छैन र बाँकेको हकमा हामीले चाहि लोकल टुरिजममा चाहि हामीले धेरै काम गरेका छौँ । साइक्लिीङ क्लबले बाबा बर्फानि र सन्तानेश्वर महादेव जुन यहाँको धार्मिक तिर्थ स्थल रहेका छन् यो चाहिँ एकदक ओझेलमा रहेका थिए र त्यो धार्मिक तिर्थ स्थलहरुलाई हामीले बाहिर ल्याएका छौँ ।
नेपालगन्जबाट खजुरा जान्छौँ । खजुरामा कार्यक्रम गरेर खाना खान बाँसगढी पुग्छौँ । बाँसगढीमा शिवलिङ अवलोकन गरेर भुरिगाँउ पुग्छौँ । भुरिगाँउमा एउटा कार्यक्रम हुन्छ त्यो कार्यक्रम सकेर हामी ठाकुरद्वारा पुग्छौँ । हामीलाई बाँके र बर्दियाका सबैजस्तो स्थानिय तहले सहयोग गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका भने सुरुवातदेखि नै हामी सँग साथमा छ । सहभागी हुन चाहानेहरुलाई हाम्रो नेपालगन्ज सुखे्रत रोडमा रहेको सचिवालयमा आउन अनुरोध गर्दछौ । यसवर्ष करिब तीन सय जना सहभागी हुने अपेक्षा छ । यो अभियान साइकलिस्टरुको मात्रै नभई यस क्षेत्रका पर्यटन सम्बद्ध, स्थानीय सरकार, स्थानीयवासी सबैको साझा कार्यक्रम हो । सबै बाँके बर्दिया बासीहरुलाई यो अभियानमा सहभागि भई साथ दिन हुन् अनुरोध गर्दछौँ । साइकलमार्फत पर्यटन प्रवद्र्धन गर्ने यो अभियानलाई सफल बनाऔँ ।प्रस्तुति ः सौरभ राना