दाङमा सवारी दुर्घटनामा परी युवकको ज्यान गयो
Monday, February 21st, 2022, 7:20 pm
Kalpristha
दाङको घोराहीमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । घोराही उप-महानरपालिका वडा नम्बर ३ भानपुर चोक नजिक भएको सवारी दुर्घटनामा परी सोही वडा बस्ने कुइरेपानीका १९ वर्षीय अर्जुन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
दुई वटा मोटरसाइकल र टिप्पर एक आपसमा ठोक्किदा रा २ प ८९२४ नम्बरको मोटरसाइकलमा सवार खड्काको मृत्यु भएको प्रहरी प्रमुख काफ्लेले बताए । उनका अनुसार प्रदेश १ ख ९४०४ नम्बरको टिप्परले नम्बर नखुलेको अर्को एक मोटरसाइलसहित खड्का सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घोराहीदेखि लमही जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुबै मोटरसाइकल ठोक्किएपछी लमहीबाट घोराहीतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार खड्का उछिट्टिएर लमहीतर्फ जांदै गरेको टट्रकमा ठोक्किएर गम्भीर घाइते भएको प्रहरी प्रमुख काफ्लेले बताए । गम्भीर घाइते खड्काको उपचारका क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले बताएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।