एनएमबि बैंकको नौलो बचत योजना
Tuesday, February 22nd, 2022, 7:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० फागुन
एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहितगर्न नयाँ बचत खाता ल्याएको छ । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाताखोल्न सक्नेछन् । एनएमबि बैंकले यो खाताअन्तर्गत शून्यमौज्दातमै उच्चब्याजदर प्रदानगर्नुको साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्कउपलब्ध गराउने जनाएको छ ।
त्यसैगरी यस योजनाअन्तर्गत बैंकले, एनएमबिओम्नीच्यानल बैंकिङ्ग, एनएमबिक्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप–अप) मानिःशुल्क सुविधा सहित डिजिटल कारोबारमानिःशुल्कअन्तर बैंक फण्ड ट्रान्सफर र वार्षिक रु १,२०० सम्मको क्यास ब्याक योजना जस्ता आकर्षक लाभहरू पनिउपलब्ध गराउने छ ।
यसकाअतिरिक्त, बैंकले उच्चशिक्षामाजानचाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिकशुल्कमा २५% छुट पनिउपलब्ध गराउने जनाएकोे छ ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानितभएको भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागिपनिउक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’पनिप्राप्तगरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवाप्रदानगर्दै आइरहेको छ ।