बलात्कार आरोप लगाउँदैं अभिनेता पल विरुद्ध प्रहरीमा उजुरी
Wednesday, February 23rd, 2022, 6:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ११ फागुन
प्रेम बन्धनमा पारेर जर्वजस्ती करणी गरेको आरोपमा अभिनेता तथा मोडल पल शाह विरुद्ध प्रहरीमा उजुरी परेको छ । शाह विरुद्ध एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार उजुरी दिएकी छिन ।
उनले एक महिना अघि तनहुँमा आफु पल शाहबाट बलात्कृत भएको आरोप सहित उजुरी दिएकी छिन ।
नेपालको कानुन अनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै शारिरिक सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिन्छ । १७ वर्षिय ति गायिकाले सार्वजनिक रुपमा शाहले आफुलाई प्रेमको नाटक गरेर सम्बन्ध राखेको आरोप लगाउँदै आएकी छिन ।
पल र ति गायिकाबिचको भएको कुराकानीको अडियो सार्वजनिक भएपछि अहिले नेपाली चलचित्र क्षेत्रमा तरंग छाएको छ ।
पलले आपसी सहमतीमा शारीरिक सम्बन्ध भएको भन्दैं त्यसमा आफुमात्र दोसी नभएको उक्त अडियोमा भनेका छन । उनले उक्त अडियोमा त्यसका लागि माफी पनि मागेका छन ।
बुधबार तनहँुमा पलविरुद्ध उजुरी परेपछि कानुनी प्रक्रिया अनुसार काम अगाडी बढने प्रहरीले बताएको छ । तर यसका बारेमा जिल्ला प्रहरी कार्यालय तनहुँले औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन ।