धनसराको उपचारका लागि अप्टिमिस्टको सहयोग
Wednesday, February 23rd, 2022, 7:09 pm
Kalpristha
अप्टिमिस्ट क्लब अफ नेपालगन्जले बिरामीलाई आर्थिक सहयोग गरेको छ । मृगौला र पाठेघरको रोगबाट पीडित धनशरा वलीको उपचार सहयोगार्थ क्लबका पदाधिकारी तथा अन्यबाट संकलित रकम ६५ हजार एक सय ११ रुपैयाँको चेक वलीकी आफन्त प्रतिमा थापालाई हस्तान्तरण गरिएको हो ।
उक्त चेक अप्टिमिस्ट ईण्टरनेशनल नेपालका डिष्ट्रिक गभर्नर उदय निरौला, क्लबका अध्यक्ष नमस्कार शाह लगायतले प्रदान गरेका थिए । बर्दिया ककौरा घर भई विगत १५ वर्षदेखि नेपालगन्जलाई कार्यथलो बनाई विभिन्न मिडिया तथा संघ संस्थामा आवद्ध धनसरा वली हाल लखनउ स्थित मर्सी अस्पतालमा उपचारार्थ भर्ना छन् । मृगौला, पाठेघरको ट्युमर र पाइल्स लगायतको रोगबाट पीडित वलीका श्रीमान्को श्रावणमा निधन भएको थियो ।
यसैबीच, अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय पनि उद्घाटन गरिएको छ । नेपालगन्जको बास्कोटा मार्केटमा स्थापना गरिएको अन्तराष्ट्रिय संस्था अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय आज उद्घाटन गरिएको हो । २०२० नोभेम्वर २१ मा अप्टिमिस्ट क्लब अफ ईन्टरनेशनलबाट आबद्धता प्राप्त गरेको क्लबको कार्यालय अप्टिमिस्ट ईन्टरनेश्नल नेपालका डिष्ट्रिक गभर्नर उदय निरौलाले गरेका थिए ।