बाँके कांग्रेसको उम्मेदवारी मनोनयन दर्ता पनि स्थगित
Thursday, February 24th, 2022, 6:10 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन अन्तरगत बिहीबार हुने भनिएको उम्मेदवार मनोनयन दर्ता पनि स्थगित भएको छ । जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको परिपत्र अनुसार स्थगित गर्नु परेको जानकारी दिए ।
बिहीबार तोकिएको मनोनयन सम्बन्धी कार्य र १५ गतेको निर्वाचन कार्यक्रम स्थगित गरी पुनः २० गते भित्र जिल्ला कार्यसमितिको सहमतीमा निर्वाचन कार्यक्रम प्रकाशित गरिने आचार्यले बताएका छन् ।
यसअघि निर्वाचन परिचालन समितिको बैठकले बिहीबार दिउँसो १ बजेदेखी ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको थियो ।
केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचनलाई आगामी फागुन २० गतेभित्र सम्पन्न गर्ने व्यवस्था मिलाउन जिल्ला निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मुलुकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रम, संसदमा निणर्यार्थ प्रस्तुत र विचाराधिन एमसीसीका कारण प्रतिनिधिसभाका सदस्यहरुलाई राजधानी बाहिर नजानका लागि पार्टी संसदीय दलले ह्वीप जारी गरेका कारण निर्वाचन स्थगित गर्नु परेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
उल्लेखित १६ जिल्लामध्ये संघीय संसदका सदस्य रहेका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाम जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनका लागि निर्धारित फागुन १५ गतेको मितिलाई पछाडी सारेर फागुन २० गतेभित्र चुनाव सम्पन्न गर्ने व्यवस्था मिलाउन केन्द्रीय समितिले बुधबार साँझ निर्देशन दिएको थियो ।