नेपाल तेस्रो स्थानमा
Thursday, February 24th, 2022, 7:18 pm
Kalpristha
ओमनलाई हराउँदै नेपाल तेस्रो भएको छ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोट ‘ए’ मा नेपालले तेस्रो स्थान हासिल गरेको हो ।
नेपालले ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो । ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गरेको थियो ।
नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । कुशलले अविजित रहदै ५५ रन बनाए । कुशलले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
आरिफ शेख २१ रनमा अविजित रहे । आसिफ शेख १३ रन बनाएर आउट भए । ओमानका जिसन मक्सुदले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो ।
ओमानका लागि जिसन मक्सुदले सर्वाधिक २१ रन बनाए । यस्तै अयान खानले १६ तथा नसिम खुसीले १५ रनको योगदान गरे ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट हात पारे । सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, अविनाश बोहराले एक–एक विकेट लिए ।
सेमिफाइनलमा पराजित भएपछि नेपाल र ओमानले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गरेको हो ।
मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो ।
ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो ।