जिल्ला लिग शनिबारबाट सुरु
Friday, February 25th, 2022, 5:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ फागुन
धम्बोझी क्लब र कारकाँदोले शनिबारदेखी सुरु हुन लागेको बाँके जिल्ला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने भएका छन ।
नेपालगन्ज रंगशालामा सुरु हुने लिगको दोस्रो खेलमा ओशोनिक क्लब र मिलन युवा स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
आयोजक बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने लिग फुटबलको फाइनल खेल फागुनको ३० गते हुनेछ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जिल्ला लिगको सम्पुर्ण तयारी पुरा भएको बताए । उनले भने,‘जिल्ला लिगको सम्पुर्ण तयारी पुरा भएको छ । लिग फुटबलले बाँके जिल्ला फुटबलको स्तर बढाउन महत्वपुर्ण भुमिका खेल्नेछ । यसमा सहभागी सम्पुर्ण टिमलाई राम्रो प्रदर्शनका लागि शुभकामना दिन चाहन्छु ।’
लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गर्नेछन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।
समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन ।
लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ ।