कांग्रेसको निर्वाचन लड्दैं साहित्यकार धनमाया लुईटेल ‘रिचा’
Saturday, February 26th, 2022, 10:32 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ फागुन
साहित्यकार धनमाया लुईटेल ‘रिचा’ नेपाली बाँके कांग्रेस बाँकेको जिल्ला कार्यसमिति सदस्यको उम्मेदवार बनेकी छिन । उनले फागुन १९ गते हुन लागेको जिल्ला कार्यसमितिको निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिकाबाट भुगोल महिला सदस्यमा उम्मेदवारी दिएकी हुन । साहित्य क्षेत्रमा ‘रिचा’ नामले परिचित धनमाया साहित्य क्षेत्रमा चर्चित व्यक्ति हुन ।
उनी दुई दशक देखी नेपाली साहित्य क्षेत्रमा क्रियाशिल छिन । साहित्यसँगै सामाजिक क्षेत्रमा पनि धनमाया सक्रिय भएर काम गर्दै आएकी छिन । लायन्स, महिला उद्यमी संघ, सहकारी, नेपाल प्रेस युनियन, सामाजिक सदभाव महिला समिति लगायतका संस्थाको सदस्यहरुमा उनी आवद्ध छिन ।
यसैगरी साहित्य क्षेत्रमा लघु कथा समाज लुम्बिनी प्रदेशको उपाध्यक्ष रहेकी धनमाया हाम्रो पुर्णिमा साहित्य समाज, सुदुर पश्चिम साहित्य समाज लगायतका संस्थामा पनि आवद्ध भएर साहित्य क्षेत्रको विकासमा काम गर्दै आएकी छिन ।
साहित्यकार एवम समाजसेवी धनमाया कोइराला समुहबाट सभापति लडन लागेका नारायण प्रसाद गौडेल समुहबाट महिला भुगोल सदस्यमा उम्मेदवार बनेकी हुन ।
उनले आसन्न जिल्ला कार्यसमितिको निर्वाचनमा नेपाली कांग्रेस बाँकेका सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई आफुलाई मतदान गरेर सहयोग गर्नका लागि अपिल गरेकी छिन । उनले भनिन,‘राजनिति क्षेत्रबाट समाजको सेवा गर्ने लक्ष्य सहित म राजनितिमा सक्रिय भएकी हुन । साहित्य, सामाजिक क्षेत्रसँगै राजनिति क्षेत्रबाट जनताको सेवा गर्ने मेरो उद्देश्य हो । यसमा सबैको साथ र सहयोगका लागि म हार्दिक अपिल गर्दछु ।’