युक्रेनमा ‘हाई अलर्ट’
Saturday, February 26th, 2022, 7:09 pm
Kalpristha
युक्रेन सरकारले युक्रेनका ठूला सहरलाई हाई अलर्टमा राखेको छ । शनिबारदेखि युक्रेन सरकारले ठूला सहर लिव्यू, खेरसाँन र माइकोलेव सहरमा हाई अलर्ट गरेको हो ।
युक्रेनमा बिहीबारदेखि रुसले आक्रमण गरिरहेको छ । युक्रेनले पनि रुसको आक्रमणको जवाफी हमला गरिरहेको छ ।
दुवै पक्षको मुटभेडमा शनिबारसम्म तीन हजार पाँच सय बढी रुसी शैनिक मारिएको युक्रेनका राष्ट्रपतिका प्रमुख सल्लाहकारको दावी रहेको छ ।
युक्रेनका अनुसार हालसम्म युक्रेनले दुई सय भन्दा बढी रुसी सेनालाई बन्दी बनाइ सकेको छ । त्यस्तै रुसको १४ विमान, एक सय दुई टयांकर, पाँच सय ३६ बक्तरबन्द गाडी र १५ तोप युक्रेनले ध्वस्त पारिसकेको युक्रेनको दावी छ ।
त्यस्तै शनिबार बिहानदेखि युक्रेनको सीमा क्षेत्रमा अमेरिकी एयरपोर्सका जहाज पनि देखिएको विभिन्न समाचारमाध्यामले जनाएका छन् । अमेरिकाले युक्रेनलाई सैने सहयोग नगरेपनि युक्रेनमा भएको युद्धको अवलोकन गर्न ती जहाज सीमा क्षेत्रमा तैनात रहेको समाचारमाध्याम दावी छ ।
नेपाली नागरिक सुरक्षित
युक्रेनमा रहेका एक सय ९३ नेपाली नागरिक सुरक्षित रहेको त्यहाँ स्थित नेपाली दूताबासले जानकारी दिएको छ । शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै दूताबासले युक्रेनमा उत्पन्न पछिल्लो संकट पछि त्यस मुलुकका विभिन्न शहरमा रहेका नेपालीहरुको स्थितको बारेमा दूताबासले निरन्तर सम्पर्क गरिरहेको र एक सय ९३ नेपाली सम्पर्कमा रहेको बताएको छ ।
दूताबासले युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई मानवीयताका आधारमा आफ्नो मुलुकमा प्रवेशका लाग नाका खुला गरेको पनि दूताबासले जनाएको छ । सुरक्षित तवरले ति नाका हुँदै नेपाल फर्किन पनि सबै नेपालीहरुलाई दूताबासले अनुरोध गरेको छ ।