तनहुँ प्रहरी कार्यालयमा उपस्थित भए अभिनेता पल शाह
Sunday, February 27th, 2022, 12:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १५ फागुन
अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका छन । उनलाई एक गायिकालाई प्रेम बन्धनमा पारेर जर्वजस्ती करणी गरेको आरोप लागेको थियो । मोडेल तथा अभिनेता शाहलाई ति गायिकाले आरोप लगाउँदैं उनी विरुद्ध उजुरी दिएकी थिइन । तर शाह भने उजुरी पछि प्रहरीसँग भाग्दैं हिडेका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । पक्राउ गर्नको लागि प्रहरीले शाहका नजिकका साथीहरुसँग सोधपुछ गरेको थियो ।
यसै साता ति गायिकाले आफुलाई एक महिना अघि तनहुँमा पल शाहबाट बलात्कृत भएको आरोप सहित उजुरी दिएकी छिन ।
नेपालको कानुन अनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै शारिरिक सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिन्छ । १७ वर्षिय ति गायिकाले सार्वजनिक रुपमा शाहले आफुलाई प्रेमको नाटक गरेर सम्बन्ध राखेको आरोप लगाउँदै आएकी छिन ।
पल र ति गायिकाबिचको भएको कुराकानीको अडियो सार्वजनिक भएपछि अहिले नेपाली चलचित्र क्षेत्रमा तरंग छाएको छ ।
पलले आपसी सहमतीमा शारीरिक सम्बन्ध भएको भन्दैं त्यसमा आफुमात्र दोसी नभएको उक्त अडियोमा भनेका छन । उनले उक्त अडियोमा त्यसका लागि माफी पनि मागेका छन ।
बुधबार तनहँुमा पलविरुद्ध उजुरी परेपछि कानुनी प्रक्रिया अनुसार काम अगाडी बढने प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयले आइतबार अभिनेता पहल प्रहरी कार्यालयमा आफैं आएर बयान दिएको बताएको छ ।