कांग्रेस बाँकेको निर्वाचन : कार्यसमिति र महासमितिमा १५ जना निर्विरोध
Sunday, February 27th, 2022, 5:34 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेको जिल्ला कार्यसमिति सदस्य र महासमिति सदस्यमा १५ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय बाँकेकाले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीमा जिल्ला कार्यसमिति सदस्यमा पाँच जना र १० जना महासमिति सदस्यमा निर्विरोध निर्वाचित भएका उल्लेख छ ।
जिल्ला निर्वाचिन अधिकृत उदयमणि आचार्यका अनुसार जिल्ला सदस्यमा भुगोलतर्फ डुडुवा गाउँपालिकाबाट कुन्नीकुमारी कलवार(भुगोल महिला खुल्ला) र खेमनाथ अधिकारी (भुगोल खुल्ला) निर्वाचित भएका छन् भने बैजनाथ गाउँपालिकाबाट कोकिला शर्मा (भुगोल महिला खुल्ला) तर्फ निर्वाचित भएका छन् ।
यसैगरी समावेशीतर्फ अपांगता कोटाबाट अमृतकुमार आचार्य र थारु महिला कोटाबाट लालतादेवी थारु निर्विरोध निर्वाचित भएका छन् । यसैगरी महासमिति सदस्यमा क्षेत्र नम्बर १ बाट मधेसी कोटामा कृष्णचन्द्र मौर्य र मुस्लिम कोटामा ईशाक जोलाह निर्वाचित भएका छन् । यस्तै क्षेत्र नम्बर २ बाट महासमिति सदस्यमा खुल्ला महिला कोटाबाट भारती जोशी र माया पुन तथा दलित कोटाबाट मैकुलाल बाल्मिकी र मुस्लिम कोटाबाट निजामुद्धिन अन्सारी (छोड्काउ) पनि निर्विरोध निर्वाचित भएका छन् । वाल्मिकी कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् ।
त्यसैगरी महासमिति सदस्यमा नै खसआर्य तर्फबाट युवराज शर्मा, मधेसी कोटाबाट दुखीराम लोनिया, दलितबाट आशा विक र थारु कोटाबाट चन्तराम थारु निर्विरोध निर्वाचित भएका छन् । उनीहरु चारै जना क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित भएका शर्मा राष्ट्रिय सभाका सदस्य छन् ।
यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अपांगता कोटाबाट गोकणर्प्रसाद आचार्य र प्रदेश महाधिवेशन प्रतिनिधिमा अपांगता कोटाबाटै जंगबहादुर डाँगी निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुन नसकेका अन्य उम्मेदवारलाई यही फागुन १९ गते हुन लागेको निर्वाचनमा प्रतिस्पर्धा गराइने निर्वाचन समितिले जनाएको छ ।