मान्छे खाने बाघ नियन्त्रणमा
Wednesday, March 2nd, 2022, 1:48 pm
Kalpristha
मान्छे खाने पाठेबाघलाई नियन्त्रणमा लिइएको छ । राप्ती सोनारी गाउँपालिका–६, फत्तेपुरस्थित जंगलमा उक्त बाघलाई निन्त्रणमा लिइएको हो । बुधबार बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिइएको बाघ
डिभिजन वन कार्यालय बाँकेका अनुसार बाघको आहाराका लागि राखिएको पाडोको माध्यामबाट बाघलाई निन्त्रणमा लिइएको थियो । विगत १२ दिनदेखि उक्त ठाउँमा बाघ नियन्त्रणका लागि पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई मंगलबार शिकार गरेको र बुधबार बिहान नियन्त्रणमा लिन सफल भएको वन कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिइएको बाघ
पाडोलाई शिकार गरी माुस खान आएको बाघलाई राष्ट्रिय प्रकृती संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता लगायतको टोलीले नियन्त्रणमा लिएको हो ।
यसअघि बाँकेको राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा गरी पाँच महिनाभित्र बाघले पाँच जनाको ज्यान लिएको थियो । जसमा राप्ती सोनारी गाउँपालिका–६ निवासी अन्दाजी ६० वर्षका धनबहादुर चलाउने, राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरस्थित झगडिया गाउँका २८ वर्षाीय वकिल गद्दी, राप्ती सोनारी– ६ निवासी २९ वर्षाीया चाँदनी थारु, राप्ती सोनारी–४ पर्साेनाकी ५३ वर्षाीया लिला बिष्ट तथा राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभर र नरैनापुरमा पनि एक÷एक जनालाई बाघले मारिसकेको छ ।
बाघ नियन्त्रणमा नआउँदा स्थानीय क्रसित रहेका थिए ।

नियन्त्रणमा लिइएको बाघ