रुस–युक्रेन युद्धको सातौं दिन युक्रेन छोडेर सुरक्षितगन्तव्यतर्फ नेपाली
Wednesday, March 2nd, 2022, 6:26 pm
Kalpristha
कालपृष्ठ डेस्क
रुस र युक्रेनको बुधबार सातौं दिनभएको छ । युक्रेनको युद्धग्रस्त क्षेत्रबाट तीन सय सयदुईजना नेपाली सुरक्षितगन्तव्यमापुगेकाजर्मनीकालागि नेपाली राजदूत रामकाजी खड्काले बताएका छन् । उनले हालसम्मयुक्रेनमा नेपालीहरू सुरक्षित रहेको र राजधानी केभका सबै नेपालीले युक्रेन छोडेको जानकारी दिएकाहुन् ।
रूस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सह
योग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधनगर्दै राजदूत खड्काले युक्रेनमा रहेका नेपालीहरू पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा स–कुशलपुगेको जानकारी दिए।
समितिकाअनुसार मंगलबारसम्मदुई सय ३२ जनापोल्याण्ड, ३९ जना स्लोभाकिया, चारजनाहंगेरी, २३ जना रोमानिया र चारजनामाल्दावापुगेकाछन् । यसअघि राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्वकाकारण विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागिआवश्यकपहलगर्ने निर्णय गरेको थियो।
रुसद्वारा युक्रेनको खेरसनकब्जा
रुसको रक्षामन्त्रालयले रुसी सैनिकहरूले युक्रेनको दक्षिणी सहर खेरसन आफ्नो नियन्त्रणमा लिएको बताएको छ ।यदित्यसको पुष्टि भयो भने रुसले अहिलेसम्मकब्जामालिएको त्यो सबैभन्दा ठूलो सहर हुनेछ ।
राति खेरसनका सडकहरूमा रुसी सैनिकहरू देखिएको बीबीसीले जनाएको छ ।
नगरप्रमुखले रुसी सेनाले खेरसनको रेल स्टेशन र बन्दरगाहआफ्नो नियन्त्रणमा लिएको बताएकाथिए ।
२६जनाको मृत्यु
बुधबार विभिन्नआर्कमणमा परी २६ जनायुक्रेनीको मृत्यु भएको विभिन्न संचारमाध्यामले जनाएका छन् ।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले गरेको गोलाबारीमाकम्तीमा २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।तर खार्किभ क्षेत्रकायुक्रेन गभर्नरले भने रुसले गरेका सबै आक्रमणहरूको प्रतिकार गरिएको दाबी गरेका छन् ।
बीबीसीकाअनुसार रुसले खार्किभमामंगलबार र सो रातभरि आक्रमण गरेको थियो ।
रुसले लडाकु विमानबाट गोलाबारी गरेको थियो भने सैनिकहरू खार्किभकाउत्तरी र पूर्वोत्तर भागबाट सहरभित्रप्रवेश गरेकाथिए ।
नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमाभएको रकेट हमलामापाँचजनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् । खरकिभमाभएकाहमलामाकम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानीकिभ घुमिरहेको छ ।
आक्रमणको गतिधीमा : अमेरिका
अमेरिकी रक्षाअधिकारीहरूले युक्रेनीफौजको प्रतिवादकाकारण रुसी आक्रमणको गतिधीमाभएकोजनाएको छ । अमेरिकाले रुसी केही सैनिकले आत्मसमर्पण पनि गरेको बताएको छ । तर संकट अझै गम्भीर रहेको भन्दै उनीहरूले सचेत गराएका छन् ।
बीबीसीकाअनुसार रुसी अतिक्रमणबारे आफ्नो ताजाविश्लेषणमा अमेरिकी रक्षामन्त्रालयले लडाईँको ६दिनसम्ममापनि रुसी फौजले युक्रेनीआकाशमाथि नियन्त्रण कायमगर्न र महत्त्वपूर्ण संरचनालाई निशानाबनाउननसकेको जनाएको छ ।