सामाजिक संजाल मार्फत भोट माग्दै बादशाह र नारायण
Friday, March 4th, 2022, 7:06 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० फागुन
नेपाली कांग्रेस बाँके सभापतिका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा आफुलाई मतदान गर्नका दुबै उम्मेदवारले सामाजिक संजाल मार्फत अपिल गरेका छन । आज शुक्रबार विहान १० बजे देखी हुने दोस्रो चरणको निर्वाचनमा पहिलो चरणमा पहिलो स्थान ल्याउने नारायण प्रसाद गौडेल र दोस्रो हुने बादशाह कुर्मीबिच प्रतिस्पर्धा हुदैछ ।
दोस्रो चरणको निर्वाचनमा मतदातालाई मतदान गर्नका लागि आज विहानै दुबै सभापति पदका उम्मेदवारले अपिल गरेका छन । सभापति पदका उम्मेदवार बादशाह कुर्मीले आफनो सामाजिक संजाल मार्फत मतदा
तालाई मतका लागि अनुरोध गरेका छन ।
उनले लेखेका छन, ‘आदरणीय सम्पुर्ण मतदाता ज्यू, सभापति पदका लागि दोस्रो चरणको मतदानमा संस्थापन पक्षबाट उम्मेदवार म बादशाह कुर्मी(क्र.स.२)लाई आफनो अमुल्य मत प्रदान गरी अत्याधिक मतले विजयी गराउन हुन हार्दिक अनुरोध गर्दछु । म पार्टीलाई अझै जनप्रिय, सुढृड, संगठित र एकतावद्ध बनाउने छु । यहाँहरुको सहयोग, सद्भाव, र अमुल्य मतका लागि सदैव आभारी रहनेछु । धन्यवाद । जय नेपाल ।’
यसैगरी सभापति पदका अर्का उम्मेदवार नारायण प्रसाद गौडेलले सामाजिक संजाल मार्फत मतदातालाई मतका अपिल गरेका छन । उनले सामाजिक संजालमा लेखेको छन, ‘आज सम्पन्न नेपाली कांग्रेस बाँकेको अधिवेशनमा मलाई पहिलो स्थानमा मत दिई शुक्रबार पुन हुने निर्वाचनमा भाग लिई विजय हुने अवसर दिनु भएकोमा सम्पुर्ण क्षेत्रीय प्रतिनिधि ज्यु, वार्ड सभापति ज्यु, गाउँपालिका सभापति ज्यु, नगर सभापति ज्यु, प्रदेश सभापति ज्यु, क्षेत्रीय सभापति, नेता गणमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’ बिहिबार भएको सभापतिको निर्वाचनमा १ हजार ४ सय ४५ मत खसेको थियो । उक्त निर्वाचनमा पहिलो हुने गौडेलले ५ सय ६९, कुर्मीले ५ सय ३८, सुरेन्द्र हमालले ३ सय १४ मत प्राप्त गरेका थिए । २४ मत बदर भएको थियो ।