हमालले मलाई सहयोग गर्नु हुन्छः बादशाह कुर्मी
Friday, March 4th, 2022, 7:49 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० फागुन
बादशाह कुर्मीले आज हुने निर्वाचनमा सुरेन्द्र हमालले आफुलाई सहयोग गर्ने बताएका छन । नेपाली कांगे्रस बाँके सभापतिको लागि आज पुनः दोस्रो पटक निर्वाचन हुँदैछ । आज हुने निर्वाचनमा सुरेन्द्र हमालले जसलाई सहयोग ग¥यो उसले जित्ने पक्का छ । विहिबार भएको निर्वाचनमा नारायण प्रसाद गौडेलले ५६९, बादशाहले ५३८ र सुरेन्द्रले ३१४ मत प्राप्त गरेका थिए । आज पहिलो र दोस्रो हुने उम्मेदवार बिच प्रतिस्पर्धा हुदैछ । तर आज सुरेन्द्रले कसलाई सहयोग गर्छन भन्ने विषय निर्वाचनको निर्णायक हुने देखिएको छ । बिहिबार पहिलो चरणबाट सभापतिको टुङगो नलागेपछि पहिलो हुने गौडेल र दोस्रो हुने बादशाहले हमाललाई फकाउन सुरु गरेका थिए । दुबैले हमाललाई सहयोग गर्न अपिल गरिरहेका छन । बादशाहले निर्वाचन सकिए लगत्तै हमालको निवास गएर सहयोग गर्नका लागि अनुरोध गरेका थिए ।
शुक्रबार विहानै कालपृष्ठ डटकमसँग कुराकानी गर्दै बादशाहले संस्थापनका सम्पुर्ण साथीहरु एक भएर निर्वाचनमा सहयोग गर्ने सहमती भएको बताए । उनले भने, ‘उहाँले केहि असन्तुष्टि राख्नु भएको छ । हामीहरुबिच संस्थापनको को आधिकारिक भन्ने विवाद थियो । तर ति कुरालाई अहिले बिर्सेर संस्थापनको पक्षका सबै साथीहरु एक भएर सहयोग गर्ने कुरा भएको छ ।’हमालले आफु संस्थापन समुहको नेतालाई सहयोग गर्न पछि नहटने बताएको बादशाहले बताए ।