सदस्यताको लागी समय थपियो अव कोही नछुटौं: एनआरएन सचिव शंकर खड्का
Thursday, March 16th, 2017, 7:56 am
amit
टेक्सास (अष्टिन) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाका सचिव शंकर खड्काले एनआरएनको सदस्य बन्ने समय चार दिन थप गरिएकोले छुटेका सबैले सदस्यता लिन अनुरोध गर्नुभएको छ ।
बुधबार एनआरएन अमेरीकाको कार्यसमिती बैठकले एनआरएन अमेरीकाको सदस्यताको लागी समय थप्ने निर्णय गरेसंगै हिमालपाटी डट कम संग कुरा गर्दै सचिव खड्काले सदस्य संख्या धेरै भएपछि एनआरएन अमेरीका सांगठनीक र आर्थिक रुपले पनि मजबुत हुने भएकोले सदस्य बन्न बांकी रहेकाहरुले थपिएको समय आइतवार सम्म सदस्यता लिन आग्रह गर्नुभएको हो ।
कार्यसमिती बैठकमा दुई दिन मात्रै समय थप गर्ने कुरा उठेपनि सप्ताहन्तमा सदस्य संख्या बढ्ने भएकोले कार्यसमितीको बहुमतले चार दिन थप गर्ने निर्णय गरिएको सचिव खड्काले बताउनुभयो । केही दिन यता एनआरएन अमेरीकाको वेवसाइटमा आएको समस्याका कारण सदस्य बन्न कठिन भइरहेकोले पनि समय चार दिन थपिएको सचिव खड्काले बताउनुभयो ।
यसैबीच सदस्यहरुको भेरिफिकेशन गर्ने समिती पनि शनिबार सम्म बनीसक्ने खड्काले बताउनुभयो ।
यस्तै फरक प्रसंगमा सचिव खड्काले बर्तमान कार्यसमितीमा आफु सचिव भएकोले आगामी कार्यकालका लागी आफु स्वभाविक रुपमा महासचिवको आकांक्षी भएको बताउनुभयो ।