अन्तर स्कुल मेयर तथा उप–मेयर क्रिकेट सुरु
Friday, March 4th, 2022, 8:20 pm
Kalpristha
मेयर कप अन्तर स्कुल पुरुष तथा अन्तर–स्कुल महिला मेयर कप टवान्टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि नेपालगन्जमा सुरु हुँदैछ । प्रतियोगिताको पुरुष तर्फको खेलहरु कोहलपुर क्रिकेट मैदानमा हुनेछन भने महिला तर्फको खेल मंगलप्रसाद मावि नेपालगन्जमा हुनेछन ।
नेपालगन्जको मंगलप्रसाद माविमा हुने महिला तर्फको प्रतिस्पर्धामा चार विद्यालयले भाग लिएको बाँके जिल्ला क्रिकेट संघले जनाएको छ । यसैगरी पुरुष तर्फ १५ विद्यालयको सहभागिता रहेको छ । महिला तर्फको प्रतियोगितामा नेपालगन्ज मोडेल एकेडेमी, ब्राइटल्याण्ड सेकेन्डरी स्कुल, होलिल्याण्ड सेकेन्डरी स्कुल र धम्बोझी स्कुलको सहभागिता रहेको बाँके जिल्ला क्रिकेट संघका सचिव बिक्रम श्रेष्ठले बताए । पुरुष तर्फ होलिल्याण्ड, सेन्ट थोमस, ब्राइटल्याण्ड, आर्दश, सनविम, होप, मोर्डन, एबीसी रेसिडेन्ट, महाराजा, सिदार्थ, एनएमए, मंगल, युनाइटेड, जय बागेश्वरी र अनाथलयले भाग लिएका छन । प्रतियोगिता फागुनको २१ देखी २४ गते सम्म चल्नेछ ।
शनिबार महिला तर्फको उद्घाटन खेलमा नेपालगन्ज मोडेल एकेडेमी र ब्राइटल्याण्डबिच विहान ९ बजे तथा दोस्रो खेलमा होलिल्याण्ड धम्बोझीबिच दिउँसो १ बजे खेल सुरु हुनेछ । पुरुष तर्फ होलिल्याण्ड र सेन्ट थोमसले बिहान ९ बजे खेल्नेछन । अर्को खेलमा दिउँसो १ बजे आर्दश र सनविमले प्रतिस्पर्धा गर्नेछन ।