उपाधिका लागि तुलसिपुर र राप्ती भिड्ने
Saturday, March 5th, 2022, 9:15 pm
Kalpristha
प्रथम खुमबहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधिका लागि तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् ।
नेपाली काग्रेस दाङको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिकालाई २५–२१, २५–२१ र २५–१४ अर्थात ३–० को सोझो सेटमा पराजित गर्दै तुलसीपुरले फाईनल यात्रा तय गरेको हो ।
त्यस्तै दोश्रो खेलमा घोराही उपमहानगरपालिकालाई २५–१६,२५–२० र २५–२० अर्थात ३–० को सोझो सेटमा राप्ती गाउँपलिकाले पराजित गरेपछि उपाधिका लागि तुलसीपुरसंग भिड्न्त पक्का गरेको छ ।
उल्लेख्य दर्शकले भरिएको शहिद मञ्च घोराहीमा जारी प्रतियोगितामा आफुलाई उपाधिको दावेदारको रुपमा शसक्त र शानदार प्रस्तुत गर्दै आएका दुवै टिमको फाइनल खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल खेलेका दुवै टिम उपाधिका लागि फाइनलमा पुन ः भिड्ने भएका हुन् ।
प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमशः नगद दुई लाख र एक लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद पाँच हजारसहित एक सय रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ । आयोजकले आइतबार हुने फाइनलमा उपस्तिथिका खेलप्रेमी, खेलाडी, उद्योगी, व्यवसायी, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायतले सबैमा अनुरोध गरेका छन् । प्रतियोगिता फागुनको १६ गतेदेखि सुरु भएको थियो ।