पेशाको हक हितका मुद्दामा केन्द्रीत हुनेछुः शाही
Sunday, March 6th, 2022, 4:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ फागुन
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल बाँके अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष शाहीले पेशाको हकहित र अधिकारका लागि केन्द्रीत हुने बताएका छ ।
उनले स्वास्थ्यकर्मीको पेशालाई मर्यादित बताउँदै कर्मचारीको हकहितलाई संरक्षण गर्दै मानवीय सेवामा लाग्ने सगठनका रुपमा विकास गर्ने योजना रहेको बताए । शनिबार शाहीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल बाँके जिल्लाको नयाँ कार्यसमिति गठन गरिएको थियो ।
नेपालगन्जमा भएको तेस्रो जिल्ला अधिवेशनबाट शाहीको नेतृत्यमा २९ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको जनवर्गीय संगठन हो राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल । शनिबार गठन गरिएको संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा लिलाधर बुढाथोकी, बुद्धिमाया बस्याल, सचिवमा मुस्लिम खाँ, सह–सचिवमा मेघराज बराल र कोषाध्यक्षमा बिन्दु शर्मालाई चयन गरिएको अध्यक्ष शाहीले कालपृष्ठलाई ।
सुनाखरी कटेज एण्ड रेस्टुरेन्टमा भएको अधिवेशनमा संगठनका केन्द्रीय अध्यक्ष राम बहादुर चन्द , नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सुर्य ढकाल, पार्टीका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, केन्द्रीय सदस्य दिपा शर्मा , केन्द्रीय सदस्य शान्ति ढकाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल केन्द्रीय उपाध्यक्ष भिमराज सिंह, संगठनका कर्णाली प्रदेश सचिव सुसिल शाही लगायत नेपाल निजामती कर्मचारी संगठनका जिल्ला नेताहरूको उपस्थित रहेको थियो ।
अध्यक्षमा निर्वाचित भएपछि शाहीले संगठनलाई गतिशिल बनाएर अगाडी बढने बताए ।
उनले भने,‘निर्वाचित हुने सम्पुर्ण सदस्यलाई हार्दिक आभार एवम बधाई दिन चाहन्छु । संगठनलाई गतिशील, सृजनशिल एवं कृयाशिल बनाउदै पेशागत हकहित र अधिकारका मुद्दाहरूमा केन्द्रीत हुन सबैको सहयोगको अपेक्षा गरेको छु ।’
अधिवेशनलाई भव्य र सभ्य रूपमा सफल पार्न सहयोग गर्नुहुने सम्पुर्ण संगठक साथीहरू, अतिथी लगायत सम्पुर्णलाई हार्दिक धन्यवाद र आभार प्रकट गरेको शाहीले बताए ।