विश्वविद्यालय स्थापनाका लागि संघर्ष निर्माण
Sunday, March 6th, 2022, 6:40 pm
Kalpristha
प्रदेश विश्वविद्यालयको लम्बिनी सरकारले रातो किताबमा (राजपत्रमा) प्रकाशित गरिसकेको छ ।
लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्न लागेको प्रदेश विश्वविद्यालय अन्यत्र सार्न गरेको प्रयास विरुद्ध बाँकेवासी एक भएका छन् । बाँकेमा विश्वविद्यालय स्थापना गर्न प्रदेश संसद् र बाहिर दुवै ठाउँमा संघर्ष गर्न बाँकेवासी जुर्मुराएका हुन् ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा आइतबार नेपालगन्जमा बसेको बैठकले प्रदेश सांसद आरती पौडेलेको संयोजकत्वमा संघर्ष समिति निर्माण गरेको छ ।
बाँके र बर्दियाका प्रदेश सांसद, जिल्ला समन्वय समितिका संयोजक, बाँकेका सबै पालिकाका प्रमुख, विभिन्न राजनीतिक दलका अध्यक्षहरु, पेशागत संघसंगठनका छाता संगठनका अध्यक्ष सम्मिलित समिति निर्माण गरिएको हो ।
बैठकको सुरुमा खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपलिले हालसम्म विश्वविद्यालय स्थापनाका लागि गरिएका प्रयासबारे बैठकमा राखेका थिए ।
विश्वविद्यालयका लागि एक सय बिगाह जमिन कानूनी रुपमै उपलब्ध गराएर प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेटमार्फत खजुरामा लम्बिनी प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्ने घोषणा भएको थियो । त्यसका लागि पालिकाले खजुरा गाउँपालिका वडा नंम्बर ८ रनियापुरमा एकसय बिघा जमिन नापी गराई प्रदेश विश्वविद्यालयका लागि उपलब्ध गराउनुका साथै वडा नंम्बर ८ मा सर्वपक्षीय छलफल र निर्णय गरी गाउँसभाबाट पारित गरेर जिल्ला सभाबाट समेत पारित गरेर मूख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सम्पूर्ण कागजात उपलब्ध गराएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति बताए ।
यो पनि पढ्नुहोस
प्रदेश विश्वविद्यालयका लागि खजुराले संघर्ष गर्ने
विश्वविद्यालयका लागि खजुरा गाउँपालिकाले गर्नुपर्ने सबै प्रकृया पूरा गरेरै अगाडि बढाइएको भएता पनि कार्यान्वयनका चरणमा अन्यत्र सार्ने कुराले बाँकेवासीलाई चिन्तित बनाउँदा बाँकेबासी संघर्षमा अभिएका हुन् ।
प्रदेश विश्वविद्यालयको लम्बिनी सरकारले रातो किताबमा (राजपत्रमा) प्रकाशित गरिसकेको छ । प्रादेशिक विश्वविद्यालयका सन्दर्भमा बाँके र बर्दिया स्थित प्रदेश सांसद, राजनैतिक दल, पालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारवाला निकायसँग सर्बपक्षीय बैठक गरिएको हो । बैठकमा प्रदेश सांसद आरती पौडेल, बाबुराम गौतम, मोहम्मद याकुव अन्सारी, नेकपा एमालेका केन्द्रीय सदस्य दीपा शर्मा, पशुपति दयाल मिश्र, नागरिक अगुवा सनत रेग्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले विश्वविद्यालयको सवालमा आफूहरु एक ठाउँमा रहेको बताएका थिए ।
यसअघि नै पालिकाले पत्रकार सम्मेलन गरेर विश्वविद्यालयका लागि संघर्ष गर्ने विषयमा जनाकारी गराएको थियो ।