हात्तिपाइने औषधि खुवाउन अन्तरक्रिया
Sunday, March 6th, 2022, 8:07 pm
Kalpristha
स्वास्थ्य कार्यालय, बाँकेले हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउनका लागि विभिन्न व्यक्तित्वसँग अन्तरक्रिया गरेको छ । नेपालन्जमा कम औषधि खपत हुने भएकाले अन्तरक्रिया गरिएको कार्यालय जनाएको छ ।
बाँकेको नेपालगन्जमा सबैभन्दा थोरैले मानिसले औषधी खाने गरेका छन् । गतवर्ष ४९ प्रतिशतले मात्र औषधि खाएका स्वास्थ्य कार्यालय जनाएको छ ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जनप्रतिनिधिले नै औषधि नखाने गरेका बताए । उनले यसपाली सबैले मिलेर सबै जनतालाई औषधि खुवाउनु पर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राष्ट्रिय अभियानलाई सफल बनाउन सबै लाग्नु पर्ने बताए ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले औषधि खानेले खाइरहने र नखानेले नखाने गर्नाले अभियान सफल हुन नसकेको बताए । उनले सबैलाई औषधि सेवन गरिदिन आग्रह गरेका छन् ।
स्वास्थ्य कार्यालयकी हात्तीपाइले रोगकी फोकलपर्सन दुर्गा गौतमले यसपाली बाँकेमा उचाईका आधारमा तीन थरीका औषधि खुवाउने जानकारी दिए ।
फाल्गुन २८ गतेदेखि बाँकेलगायतका १० जिल्लामा औषधि खुवाइँदैछ । बाँकेवासीले सन् २०११ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खाइरहेका छन् । सबैले औषधि नखाइँदिदा १२ औं चरणमा आइपुग्दासम्म बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान सफल हुन नसकेको हो ।
हाल बाँकेमा चार दशमलव एक प्रतिशत हात्तीपाइले रोगका संक्रमित रहेको तथ्यांक छ ।