मृगौलाका बिरामी बढ्दै
Monday, March 7th, 2022, 6:10 pm
Kalpristha
नेपालमा हरेक वर्ष करिब तीन हजार हजार मृगौला सम्बन्धी रोगका बिरामी थपिँदै आएका छन् । सोमबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा मृगौला सम्बन्धी बिरामीको संख्यामा वृद्धि हुँदै गएको बताइएको छ ।
कार्यक्रममा केन्द्रकी डा. कल्पना श्रेष्ठले केही वर्ष अगाडिसम्म एक हजार दुई सय सयको हाराहारीमा रहेका मृगौला रोगीहरुको संख्या हाल वृद्धि भएर पाँच हजार पाँच सयको हाराहारीमा पुगेको बताइन् ।
कार्यक्रममा उच्च रक्तचाप र मधुमेहका रोगीको संख्यामा वृद्धि भएसँगै मृगौलाका रोगीका बिरामीको संख्या पनि वृद्धि भएको जनाइयो ।
हाल नेपालका विभिन्न स्थानमा मृगौला बिरामीका लागि सरकारले एक सय स्थानमा निःशुल्क डायलासिस गर्ने व्यवस्था गरेको छ । जसमा राजधानीमा २७ र देशभर ७३ स्थानमा रहेको छन् । डायलासिस गर्ने एउटा मेसिनको आयु न्यूनतम आठ हजार घण्टा हुने गर्दछ । तर नेपालमा मेसिनको अभाव र बिरामीको संख्यामा वृद्धि भएका कारण नेपालमा १२ हजार घण्टासम्म चल्ने गरेका छन् ।
केन्द्रमा मात्रै हाल तीन सय ३१ जना मृगौला बिरामीले डायलासिस गराइँ रहेका छन् । केन्द्रका अनुसार मधुमेह र उच्च रक्तचापको नियमित औषधी सेवन गरिरहेका बिरामी पनि वर्षको एक एकपटक आफ्नो मृगौला जाँच गर्नु जनाएको छ ।
हालसम्म केन्द्रमात्रैे १० वर्षमा आठ सय २२ जनाको मृगौला प्रत्यारोपण गरिसकेको छ । त्यस्तै ६ जनाको कलेजो समेत केन्द्रमा प्रत्यारोपण गरिएको छ ।