सर्वसम्मत रुपमा बन्यो नेशनल प्याब्सनको समिति, नेपालगन्जका बामदेव केन्द्रीय सदस्य
Monday, March 7th, 2022, 10:24 pm
Kalpristha
पाण्डव हमाल र सुवास न्यौपानेबिच आधा–आधा कार्यकाल अध्यक्ष बन्ने सहमति भएपछि नेशनल प्याब्सनको केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।
सुरुआतको १८ महिना हमालले अध्यक्ष भएर काम गर्ने सहमती भएको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ फागुन

पाण्डव हमाल
पाण्डव हमाल र सुवास न्यौपानेबिच आधा–आधा कार्यकाल अध्यक्ष बन्ने सहमति भएपछि नेशनल प्याब्सनको केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।
सुरुआतको १८ महिना हमालले अध्यक्ष भएर काम गर्ने सहमती भएको छ । त्यस अवधिमा न्यौपानेले सह–अध्यक्षका रुपमा जिम्मेवारी सम्हाल्नेछन । यसरी न्यौपाने अध्यक्ष बन्दा हमाल सह–अध्यक्षका रुपमा रहने बताइएको छ ।
नेपालगन्जको होटल सोल्टीमा सोमबार अबेर रातीसम्म चलेको छलफलपछि सर्वसम्मत समिति बनाइएको हो । समितिको विधान अनुसार ११ उपाध्यक्षहरुमा पनि सर्वसम्मत भएको छ । सर्वसम्मत हुने उपाध्यक्षहरुमा प्रवोध प्रभाकर रिजाल, याम बहादुर खड्का, शम्भु अधिकारी, डम्बर कार्की, कमल बहादुर सिंह, जय बहादुर श्रेष्ठ, श्याम सिंह मौनी, शुबोध कुमार डाँगी, तिलक बहादुर चौहान, ब्रजेश मिश्र र यासीबा रहमान रहेका छन । महासचिवमा पारसमणी दाहल, उप–महासचिवमा प्रकाश चन्द्र खड्का र कुसुम रानाभाट रहेको छन ।
केन्द्रीय सचिवमा राजु रोकाय, सुशील भंटराई, कृष्ण कुमार उप्रेती, धर्मराज रेग्मी, कृष्ण प्रसाद पौडेल, विष्णु प्रसाद पराजुली, राजेन्द्र कुमार गुरुङ, राजन कुमार छाराङ, अलि महमद अन्सारी र राजु पाण्डेरहेका छन । यसैगरी कोषाध्यषमा प्रताप बहादुर थापा, सह–कोषाध्यक्षमा बिक्रम ढुकुछु, सदस्यहरुमा बाँकेका बामदेव न्यौपाने, बालकृष्ण शर्मा, देव प्रकाश राई, गोविन्द बहादुर खड्का, चुडामणी बुढाथोकी, प्रकाश कुमार शर्मा, दिपक भंट, भिम बहादुर बढाथोकी, कृष्ण प्रसाद घिमिरे, बालकृष्ण तिवारी, शरद भण्डारी, काशीनाथ कोइराला, विकेश महर्जन, राम प्रसाद अधिकारी, सुरेश महतो, तेजराज खनाल, सत्येश बहादुर चन्द, राम बहादुर थापा, शन्त तामाङ, संजिव राई, मनोज कुमार श्रेष्ठ, सुमन कुमार चौधरी, सागर कुमार खड्का सर्वसम्मत रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत प्रहलाद बहादुर कार्कीले जानकारी गराएका छन ।
केन्द्रीय समितिले ५ सदस्य पछि मनोनित गर्ने उनले बताए ।