अध्यक्ष थापाको निर्णय: खजुराबासीलाई ओपिडि सेवा निःशुल्क
Wednesday, March 9th, 2022, 6:53 pm
Kalpristha
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खजुरा गाउँपालिकाका स्थायी वासिन्दालाई ओपिडि सेवा निःशुल्क गर्ने निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल विकास समितिले बुधबार पदभार ग्रहण गर्दै सो कुरा बताएको हो ।
अस्पतालका नवनियुक्त अध्यक्ष किशोर थापाले खजुरावासीको आर्थिक तथा अन्नदानबाट सुरु भएकोले खजुरावासी अस्पतालमा निःशुल्क सुविधा पाउनुपर्ने बताए । उनले भने, ‘यो सुबिधा पाउनुपर्ने खजुरावासीको हक हो, त्यसैले हामिले पहिलो निर्णय नै खजुरावासीको लागि गरेका छौं ।’
पदभार ग्रहण गर्दै अध्यक्ष थापाले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको यो अस्पताललाई चितवन पछिको नमुना अस्पताल निर्माणमा तपाईं हामी सबैको योगदान र सहयोग आवश्यक छ र त्यसको लागि आफू आशाबादी रहेको उनले बताए ।
क्यान्सर अस्पतालले जुन किसिमले सेवा प्रवाह गर्दै आएको छ त्यसलाई निरन्तरता संगै केही नयाँ गर्न सकिने सम्भावना र सेवाको लागि आफ्नो टिम तत्पर रहेको अध्यक्ष थापाले बताएका थिए ।
नवनियुक्त अध्यक्ष थापाले क्यान्सर रोग उपचारको लागि चितवन तथा काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य गर्न खजुरावासीले क्यान्सर अस्पताल निर्माणमा जुन किसिमको योगदान पुराउनुभएको छ त्यसलाई अझै उचाइँमा पुराउन केही नयाँ कार्य गर्ने बताएका छन् ।
उता पदभार ग्रहण कार्यक्रममा स्वागत मन्तव्य राख्दै अस्पताल बिकास समिती सदस्य शिव श्रेष्ठले प्रखर परोपकार मिसनको लागि छुट्टै अफिसको व्यवस्था र केही बजेटको आवश्यक समेत महसुस भएको र सोको लागि नयाँ व्यवस्थापन समितिले त्यसतर्फ ध्यानदिन सुझाव दिएका थिए ।
खजुरा क्यान्सर अस्पतालका मेसु कृष्ण प्रसाद आचार्यले क्यान्सर विशेषज्ञ अस्पतालको रुपमा पूर्णरुपमा अस्पताललाई संचालनको लागि केही इक्युपमेन्टको अहिलेपनी आवस्यक रहेको र सोको गर्न सके सेवाग्राहीको लागी बरदान साबित हुने बताएका थिए ।
त्यस्तै नवनियुक्त अस्पताल विकास समितिको पदाधिकारीहरुले पहिलो बैठक कार्यालय सहयोगीसँग गर्दै अस्पतालमा भएका सेवा सुबिधाको बारेमा छलफल गरेका थिए ।
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा किशोर थापासहित अस्पताल विकास समितिको सदस्यहरुमा दीपा केसी, इमरान खा, सूर्यलाल यादवले पदभार ग्रहण गरेका छन् ।