पश्चिमको पर्यटन प्रबर्द्धन गर्दै ट्राभल मार्ट
Wednesday, March 9th, 2022, 8:38 pm
Kalpristha
मार्टमा स्टल प्रदर्शनी गर्ने टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरु र भारतबाट सहभागी हुने टुर अपरेटरहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुनेछ ।
पश्चिम नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने अभियानका रुपमा लिइएको वेस्र्टन ट्राभल मार्ट नेपाल आज देखी सुरु हुदैछ । मार्ट चल्ने तिन दिनको अवधिमा बाँके र बर्दिया पर्यटकीय स्थलको भ्रमणसँगै यस क्षेत्रको सम्भावित प्रचार–प्रसारको काम गरिने आयोजकले जनाएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उप–महानगरपालिका मुल आयोजक तथा नाट्टा च्याप्टर बाँकेको आयोजनामा मार्ट हुन लागेको हो ।
मार्टको तयारी सम्पुर्ण सकिएको आयोजकले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको थियो । मार्टमा नेपालगञ्ज शहरलाई पश्चिम नेपालका साथ गेटवेए अफ कर्णालीको रुपमा प्रवद्र्धन गरिने बताइएको छ । पर्यटन प्रवद्र्धन मञ्च बाँके, हान बाँके, होटेल व्यवसायी संघ बाँके आदि संस्थाहरु यस मार्टको सह–आयोजकको रुपमा रहेका छन् भने एयरलाईन्स पार्टर बुद्ध एयर रहेको छ ।
नेपालगञ्ज शहर र यस वरपरका क्षेत्रहरुका साथै कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन गरी यस क्षेत्रका पर्यटन गतिविधिहरुको अभिवृद्धि गर्ने उद्देश्यका साथ मार्टको आयोजना गर्न लागिएको वेष्टर्न ट्राभल मार्ट सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
मार्टमा पर्यटन सम्बद्ध संस्था तथा व्यसायीहरुको सहकार्य रहेको छ र थप सक्रिय सहभागिताको समेत अपेक्षा गरिएको छ । मार्टले नेपालगन्जलाई मात्र नभएर यस क्षेत्रको आर्थिक विकासमा सहयोग गर्ने नेपालगन्जका व्यवसायी सन्जय थापाले बताए ।
पश्चिम नेपाल क्षेत्रको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका करिब ३० जना टुर अर्पेटरहरु बाएरको रुपमा मार्टमा सहभागी हुदैछन् ।
मार्टमा स्टल प्रदर्शनी गर्ने टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरु र भारतबाट सहभागी हुने टुर अपरेटरहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुनेछ ।
साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायीहरु बीच टुर प्याकेजहरुको आदान प्रदान हुनेछ । सहभागी भारतीय टुर अपरेटरहरु र नेपालका पर्यटन व्यजसायी सहभागी गरार्ई कर्णाली नदीमा राफ्टिङ, बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगञ्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गरिनेछ ।
फाल्गुन २६ गते बिहान बागेश्वरी मन्दिर परिसरदेखि मार्च पास गरी सिद्धार्थ होटलमा राउटेका मुखियाद्वारा मार्टको विधिवत उद्घाटन गरिनेछ ।
मार्टको अयोजनाले यस क्षेत्रका पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार हुन गई पर्यटक अगमन संख्या बढ्न जाने अपेक्षा गरिएकोे छ । मार्टको भव्य सञ्चालनका लागि पर्यटनमा चासो राख्ने यस क्षेत्रका सम्पूर्ण व्यवसायी, सरोकारकारवाला अन्य महानुभाव लगायत सञ्चार क्षेत्रको सक्रिय सहभागीताको अपेक्षा गरेको गरिएको छ ।
मार्ट आयोजना गर्न थुपै्र चुनौति भएपनि त्यसमा सबैको साथ र सहकार्यको अपेक्षा गरेको आयोजक कमिटीका अध्यक्ष सिग्देलले बताए । सुरुआटी चरणमा मार्ट आयोजना गर्नका लागि समय अभाव भएको भन्दै अध्यक्ष सिग्देलले मार्टलाई आर्थिक रुपमा पारदर्शी रुपमा लैजानका लागी विभिन्न संयन्त्र बनाएको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।