विश्वविद्यालयका स्थापना गर्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र
Tuesday, March 15th, 2022, 9:08 pm
Kalpristha
मागलाई बेवास्ता गरी यसको सुनुवाई गर्न अस्वीकार गरिएमा प्रादेशिक विश्वविद्यालय स्थापना संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने पनि डेलिगसन टोलीले जनाएको छ ।
खजुरामा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि खजुरालगायत बाँकेले नै सघर्ष गरिरहेको छ । चरणवद्धरुपमा खजुरा गाउँपालिकाले खजुरामा नै स्थापना गरिन लागेको विश्वविद्यालय अन्यत्र सारिन लागेको भन्दै पालिकाले संघर्ष गर्ने घोषण गरेको जसअनुरुप पत्रकारसम्मेलन, संघष समिटि गठन जस्ता कार्यहरु भई सकेका छन् ।
त्यसैअनुरुप समितिकी संयोजक लुम्बिनी प्रदेश सभासद आरती पौडेलको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने काम भएको छ । समितिले मंगलबार खजुरामै प्रादेशिक विश्वविद्यालय सञ्चालन गर्न माग राख्दै प्रादेशिक विश्वविद्यालय स्थापना संघर्ष समितिले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
संघर्ष समितिका संयोजक सभासद आरती पौडेल, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, शिक्षा क्षेत्रका कबिन्द्र भट्टराई, लेख प्याकुरेल, नेकपा एमाले बाँके नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्य, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायसहितको डेलिगेसन टिमले लुम्बिनी प्रदेश सरकारका मूख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको छ ।
मागलाई बेवास्ता गरी यसको सुनुवाई गर्न अस्वीकार गरिएमा प्रादेशिक विश्वविद्यालय स्थापना संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने पनि डेलिगसन टोलीले जनाएको छ । उक्त आन्दोलनले गर्ने प्रतिकुल परिस्थिति प्रति प्रदेश सरकार एवं गैर जिम्मेवार योजना आयोग स्वयं जवाफदेही हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
डेलिगेसन टोलीले ज्ञापन पत्र बुझाउनुका साथै लुम्बिनी प्रदेशका मूख्यमन्त्री केसी, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीसँग खजुरामै विश्वविद्यालय बनाउने विषयमा छलफल गरेको थियो । छलफलका क्रममा आवश्यक जग्गाको उपलब्धता भए बाँकेको खजुरामै प्रदेश विश्वविद्यालय बन्ने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष क्षेत्रीले आश्वस्त पारेको डेलिगेसन टोलीले जनाएको छ ।
खजुरामै विश्वविद्यालय हुनुपर्ने मा
गसहित ज्ञापनपत्र बुझाउन गएको डेलिगेसन टोलीका सदस्य एवं खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले विश्वविद्यालयका लागि आवश्यकताका आधारमा थप जग्गा उपलब्ध गराउने मूख्य मन्त्री तथा योजना आयोगका उपाध्यक्ष समक्ष प्रतिबद्धता जनाए ।
ज्ञापनपत्रमा ‘शिक्षा नै विकासको मूल आधार हो, जसले व्यक्ति, समाज, राष्ट्र र सिंगो विश्व नै रुपान्तरण गर्ने क्षमता राख्दछ भन्ने विषयलाई आत्मसात गरी उच्च तहको जनशक्ति निर्माण गर्नका लागि सरकारले यहाँको माटो सुहाउँदो शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना गर्न लागेको पश्चिम लुम्बिनीको गौरव लुम्बिनी प्रदेशिक विश्वविद्यालय बाँकेको खजुरा गाउँपालिका–८ स्थित रनियापुरमा सञ्चालन गर्न आवश्यक गृहकार्य अगाडि बढाइएको र यस कार्यलाई मूर्तरुप दिन आवश्यक पर्ने स्थलका सम्बन्धमा खजुरा गाउँपालिकाले एक सय बिगाहा जग्गा उपलब्ध गराउने गाउँपालिकाको प्रतिबद्धतापत्र जिल्ला समन्वय समिति बाँकेमा पठाएपछि जिल्ला समन्वय समिति बाँकेको सभाले समेत उक्त प्रस्तावको अनुमोदन गरी लुम्बिनी प्रदेश मूख्यमन्त्रीको कार्यालयमा पठाएको’ उल्लेख छ ।
सोको आधारमा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रदेशको नीति तथा कार्यक्रम पारित गरी आर्थिक वर्ष २०७६÷२०७७ मा तीन करोड, आर्थिक वर्ष २०७७÷२०७८ मा सात करोड र आलू आर्थिक वर्षमा १० करोड रुपैयाँ रकमसमेत विनियोजन गरेकोे छ । सो पश्चात खजुरा गाउँपालिकाले आफ्नै खर्चमा खजुरा गाउँपालिका ८ स्थित रनियापुरमा प्राबिधिकद्वारा नापी गराई जग्गा छुट्याइएको थियो ।
आवश्यक महशुस भएमा विश्वविद्यालय सञ्चालनार्थ पायकपर्ने गरी थप जग्गा व्यवस्थापन हुने प्रतिबद्धता जनाइसकेको र यही कार्य सम्पन्न गर्नका लागि खजुरा गाउँपालिकाद्वारा स्थानीय, बुद्धिजीवि, शिक्षाबिद् र सरोकारवाला निकायहरुसँग घनीभूत रुपमा छलफल गरी विश्वविद्यालय सञ्चालननार्थ आवश्यक प्राज्ञिक, भौति तथा आर्थिक पक्षहरुलाई समेटेर तयार पारिएको कार्यपत्रसमेत तत्कालीन मूख्यमन्त्री शंकर पोखरेललाई बुझाइ सकिएको थियो ।
‘विश्वविद्यालय स्थापनाकै सिलसिलामा तत्कालिन शिक्षा तथा सामाजिक विकास मन्त्री सुदर्शन बराल र बाँके जिल्लाका सांसदहरु, स्थानीय सरकार प्रमुखलगायतले स्थलगत निरक्षण अवलोकन गरी प्रदेश संसदले समेत पारित गरिसकेको लुम्बिनी प्रादेशिक विश्वविद्यालयलाई योजना आयोगले विभिन्न बहाना गरी अन्यत्र सार्ने दुश्प्रयास गर्नु गैर कानूनी मात्र होइन गैर जिम्मेवार कार्य हो । यस निन्दनीय एवं विभेद्कारी कार्य तत्काल स्थगित गरी लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरा गाउँपालिका ८ स्थित रनियापुरमा सञ्चालन गर्न जोडदार माग गर्दछौं’ ज्ञापनपत्रमा भनिएको छ ।